स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पसको प्रमुखमा बाबुराम सिग्देल नियुक्त
कुमार हिंताङ्गा/स्याङ्जा : स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पसको प्रमुखमा बाबुराम सिग्देल नियुक्त भएका छन् । स्याङ्जा जिल्लाको सदरमुकामको पुतलीबजार नगरपालिकामा रहेको उक्त क्याम्पसको २०७७ साउन १ गते देखि लागु हुने गरि सिग्देल क्याम्पस प्रमुखमा नियुक्त भएका हुन ।
स्याङ्जा जिल्लाको हरिनास गाँउपालिका स्थाई घर भएका सिग्देल लामो समय देखि यस क्याम्पसमा उपप्रध्यापक र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
नव नियुक्त क्याम्पस प्रमुख सिग्देल शालिन र भद्र स्वाभका रुपमा परिचित एक व्यक्तित्व हुन ।
विश्वभरि कोरोना भाइरसले महामारीको रुप लिएको यस विषम परिस्थितीमा कलेज क्वारेन्टाइनमा बदलिएको अवस्थामा नव नियुक्त क्याम्पस प्रमुख सिग्देललाई अव क्याम्पसको पठनपाठनलाई कसरी लैजाने भन्ने विषय चुनौतीको विषय रहेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


