स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पसको प्रमुखमा बाबुराम सिग्देल नियुक्त

baburam sigdel

कुमार हिंताङ्गा/स्याङ्जा : स्याङ्जाको त्रिभुवन आर्दश बहुमुखी क्याम्पसको प्रमुखमा बाबुराम सिग्देल नियुक्त भएका छन् ।  स्याङ्जा जिल्लाको सदरमुकामको पुतलीबजार नगरपालिकामा रहेको उक्त क्याम्पसको २०७७ साउन १ गते देखि लागु हुने गरि सिग्देल क्याम्पस प्रमुखमा नियुक्त भएका हुन । 
स्याङ्जा जिल्लाको हरिनास गाँउपालिका स्थाई घर भएका सिग्देल लामो समय देखि यस क्याम्पसमा उपप्रध्यापक र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । 
नव नियुक्त क्याम्पस प्रमुख सिग्देल शालिन र भद्र स्वाभका रुपमा परिचित एक व्यक्तित्व हुन । 
विश्वभरि कोरोना भाइरसले महामारीको रुप लिएको यस विषम परिस्थितीमा कलेज क्वारेन्टाइनमा बदलिएको अवस्थामा नव नियुक्त क्याम्पस प्रमुख सिग्देललाई अव क्याम्पसको पठनपाठनलाई कसरी लैजाने भन्ने विषय चुनौतीको विषय रहेको छ । 

Facebook Comments Box
TOP