स्याङ्जा पहिरो : ज्यान गुमाएका तीन जनाको सामुहिक अन्त्यष्टी, बेपत्ता एकजना अझै फेला परेनन् ।


टिकाराम अधिकारी/स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ४ खहरेखोलामा मंगलबार बिहान पहिरोमा परि ज्यान गुमाएका तीन जनाको सामुहिक अन्त्यष्टी गरिएको छ । कालीगण्डकी गाउँपालिका वडा न ४ स्थित कालिगण्डकी नदीको गौरीघाटमा हिन्दु संस्कार अनुसार सामुहिक अन्त्यष्टी गरिएको परिवारले जनाएको छ ।
पहिरोमा पुरिएर तत्कालिन बिर्घा गाविस अध्यक्ष ७० वर्षीय इमान सिंह राना, ६० बर्षीय गिमान सिंह राना र ५० वर्षीय टिका बहादुर थापाको ज्यान गएको हो ।
पहिरोमा पुरिएका स्थानीय प्रेमचन्द्र पाण्डे भने अझै फेला परेकाछैनन् । घाईते दुईको उपचार भईरहेको छ । पहिरोले पुरिएका स्थानीय हुमाकान्त पाण्डे र बिरबहादुर रानालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
गौरीघाटमा गरिएको शोकशभामा बोल्दै पुर्बसांसद शंकर प्रसाद पाण्डेयले प्राकृतिक विपत्तमा धैर्यधारण गरेर अगाडीडि वढ्न आवश्यक रहेको बताउनु भयो । मृतकहरु नेपाली काँग्रेसको संगठन र विकास निर्माण अभियानमा पु¥याएको योग्दानको चर्चा गर्दै दिवंगत आत्माको चीररशान्तिको कामना गर्नु भयो ।
इमानसिङ २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष भएको र अविरल बर्षाका कारण कर्म योद्धा गुमाउन पर्दाको पीडा हामीमा छ उहाँले भन्नु भयो ।
त्यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले भन्नु भयो । विपतका बेला सबै मिलेर समस्याको समाधान खोज्नु पर्ने र नेपाली काँग्रेस कालीगण्डकी ,जिल्ला कार्य समिति र केन्द्रीय कार्य समितिमा समेत अपूरणनीय क्षती पुगेको छ ।
शोक व्यक्त गर्नका लागि कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, उपाध्यक्ष सावित्रा कोईराला तथा कालीगण्डकी गाउँकार्यपालिकाको सिङ्गो टिम तथा नेपाली काँग्रेस जिल्ला सदस्य अर्जुन प्रकाश अर्याल, पृथ्वी पोखरेल, तुलसा पाण्डेय, महासमिति सदस्य माया राना, महाधिबेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई ,तरुण नेता कृष्ण प्रसाद भट्टराई , सुन्दर पाण्डेय लगाएत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुलमा मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको बताइएको छ । पहिरोमा पुरिएकाको उद्धार र खोजी कार्य जारी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । घट्ना स्थलमा स्याङ्जाका प्रहरी प्रमुख विमलराज कणेल सहित नेपाली सेना र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
त्यस्तै सोही खहरे खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ । स्थानीय बिरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार बिस्थापित भएको हो ।

Facebook Comments Box
TOP