स्याङजामा जीपबाट खसेर एक जनाको मृत्यु
स्याङजा : सिद्धार्थ राजमार्ग स्थित त्रियासी बजारमा जीपबाट खसेर बुधबार बिहान घाइते भएका मनबहादुर सारुको उपचारका क्रममा निधन भएको छ। भिरकोट नगरपालिका ४ स्थित त्रियासी बजारमा जीपबाट खसेर १६ वर्षीय मनबहादुर सारु गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि पोखरा पठाइएको थियो।
त्रियासीबाट भीरकोट १ बयारघारीतर्फ जाँदै गरेको ग १ ज ७४४५ नम्बरको जीपको पछाडि ढालाबाट खसेपछि घाइते भएका सारुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचार लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो।
पाल्पाको रम्घा गाउँपालिका ४ घर भएका उनी स्याङजामा बस्दै आएका थिए। घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


