सुरक्षित आप्रवासन परियोजना बारे अन्तरक्रिया भिडियो सहित


भवानी अधिकारी/स्याङजा :
रोजगारका लागी बिदेशको यात्रा कसरी सुरक्षित, टिकाउ र फलदायी बनाउन सकिन्छ भन्ने उदेश्यले स्याङजामा स्थापित सुरक्षित आप्रवासन परियोजनाका बारेमा जिल्ला स्थित पत्रकारलाई जानकारी गराइएको छ ।
कार्यक्रममा परियोजनाका कार्यक्रम संचालक एकनारायण सापकोटा र पुतलीबजार नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख ताराचन्द्र ढकालले २ वटा कार्यपत्र प्रस्तुत गर्नुृभएको थियो ।

.


कार्यक्रममा अन्धाअन्धी सामुदायिक विकास केन्द्रका अध्यक्ष कमलप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुृभएको थियो । नगरप्रमुख सीमा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक एकनारायण सापकोटाले गर्नुभएको थियो ।

.


नेपाल सरकार र स्वीटजरल्याण्डक सरकारको सहयोगमा संचालित परियोजना स्याङजाका पुतलीबजार, वालिङ गल्याङ नगरपालिका र हरिनास गाउपालिकामा संचालित छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङजा परिसरभित्र रहेको परियोजनाको कार्यालय पुसदेखि संचालनमा आएको हो । कार्यालयमा अहिलेसम्म एक हजार २ सय ३४ जनाले परामर्श लिएको र ८ वटा उजुरी परेको जनाइएको छ ।

.

Facebook Comments Box
TOP