आँधीखोलामा आएको बाढीले झोलुंगे पुलको लठ्ठा बगायो।
स्याङ्जा : आइतबार साँझदेखिको अविरल वर्षाका कारण पुतलीबजार नगरपालिका १ र लामागे जोड्ने पुलको एउटा लठ्ठा चुडिएको छ। आँधीखोलामा आएको भेलबाढी र पहिराका कारण आँधीखोला माथि बनेको पुलको लठ्ठा चुडिएको हो।
भारी बर्षासँगै आएको बाढी र माथिबाट झरेको पहिराको प्रभावले लठ्ठा चुडिंदा पुलको एकतर्फी भाग कोल्टिएको प्रहरी नायव उरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। स्याङ्जा सदरमुकाम समेत रहेको पुतलीबजार १ र पुतलीबजार नगरपालिका १४ लामागे आवत जावत गर्ने झोलुंगे पुल जोखिममा परेको छ। पुल वरपर पहिरो झर्ने क्रम जारी छ।
आँधीखोला पारीको लामागे ठूलो बस्ती भएको क्षेत्र हो। सदरमुकामकै उब्जाउ फाँट पनि पुल पारि नै छ। पुलको जोखिम बढेसँगै दिनहुँ यही पुलबाट ओहोर दोहोर गर्ने सयौं स्थानीय व्यक्ति, किसान र पहिराका कारण खोला किनारका बासिन्दा, जिल्ला कारागार शाखाका दर्जनौं परिवार प्रभावित बनेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


