आँधीखोलामा आएको बाढीले झोलुंगे पुलको लठ्ठा बगायो।

स्याङ्जा : आइतबार साँझदेखिको अविरल वर्षाका कारण पुतलीबजार नगरपालिका १ र लामागे जोड्ने पुलको एउटा लठ्ठा चुडिएको छ। आँधीखोलामा आएको भेलबाढी र पहिराका कारण आँधीखोला माथि बनेको पुलको लठ्ठा चुडिएको हो।
भारी बर्षासँगै आएको बाढी र माथिबाट झरेको पहिराको प्रभावले लठ्ठा चुडिंदा पुलको एकतर्फी भाग कोल्टिएको प्रहरी नायव उरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। स्याङ्जा सदरमुकाम समेत रहेको पुतलीबजार १ र पुतलीबजार नगरपालिका १४ लामागे आवत जावत गर्ने झोलुंगे पुल जोखिममा परेको छ। पुल वरपर पहिरो झर्ने क्रम जारी छ।
आँधीखोला पारीको लामागे ठूलो बस्ती भएको क्षेत्र हो। सदरमुकामकै उब्जाउ फाँट पनि पुल पारि नै छ। पुलको जोखिम बढेसँगै दिनहुँ यही पुलबाट ओहोर दोहोर गर्ने सयौं स्थानीय व्यक्ति, किसान र पहिराका कारण खोला किनारका बासिन्दा, जिल्ला कारागार शाखाका दर्जनौं परिवार प्रभावित बनेका छन्।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…