स्याङ्जा : पौराणिक स्थल संरक्षणमा युवाको सक्रियता

भवानी अधिकारी/स्याङ्जा :
लकडाउनको समयलाई मालुंगाका युवाहरुले ऐतिहासिक चौतारा, पानीका कुवा र वाटो निर्माणमा उपयोग गर्नुभएको छ । धार्मिक, सास्कृतिक एवं सामाजिक धरोहर जोगाउदै आउदो पुस्तालाई चिनाउने उदेश्यले युवाहरु एकजुट भई निर्माणमा जुटेका हुन ।
गल्याङ नगरपालिका वडा नं. ८ र ९ को संगमस्थल उमाकोट देउरालीमा झण्डैं डेढ दर्जनजति युवाहरु मिलेर पौराणिक स्थलहरुको जगेर्ना एवं संरक्षणमा जुटेका हुन । वडा कार्यालयले मर्मतका लागि ५० हजार रुपैंया बिनियोजन गरे पनि सोचेभन्दा बढी राम्रो काम भएको वडा नं. ९ का अध्यक्ष हरिलाल खनालले बताउनुभयो । उहाले भन्नुभयो ‘ सोचेभन्दा धेरै काम भयो, युवाहरुको अमूल्य सहयोग पाएँ ।’
ऐतिहासिक एवं सास्कृतिक महत्वसंग जोडिएको उमाकोट देउराली अत्यन्त रमणीय स्थल हो । शहर बजारको कोलाहलभन्दा अलि भित्र रहेको अग्लो स्थानमा छ । स्थानीयबासी र बुढापाकाका लागि बिश्रामस्थल बनेको छ अहिले । लास जलाएर फर्कदा खानपान र आराम गर्ने स्थल पनि हो । संरक्षणको अभावमा भत्किन लागेको चौतारो अहिले सुन्दर बनेको छ ।
सामाजिक कार्यकर्ता एवं युवानेता चन्द्र रानाले भन्नुभयोे ‘शहरीकरणको अवस्था भन्दा पहिला यहाँका एक स्थानीयबासी शशीधर भण्डारीले मलामीलाई खाना खुवाएरै तराईमा २६ कट्टा जमिन खरिद गर्नुभएको रहेछ ।’ उहाको मृत्यु भैसकेको छ भने भण्डारीका हाल नाती÷पनाती यहीं हुनुहुन्छ ।
हुँगीघाट हिन्दुहरुका पवित्र तिर्थस्थल हो । यहाँ लास जलाउन स्याङजा र छिमेकी जिल्ला पाल्पाबाट पनि ल्याउने गर्छन । बिगतमा शवको शतगत गरेर घाटबाट फर्केपछि खाने बस्ने आराम गर्ने चौतारो हो यो । यहाँ वरपर पानीका कुवाहरु पनि छन । मर्मतका लागि वडाले बिनियोजन गरेको रकम भन्दा ३ गुना बढी काम भएको छ । वडाको ५० हजार हो, युवाहरुको जनश्रमदानले ३ लाख भन्दा बढीको काम भएको उपभोक्ता समितिका अध्यक्ष गणेश भट्टराइले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘ एक मिस्त्रीले भने अनुसार अन्य १७ जना हामी युवाहरुले कम गरेका छौं ।’
.

कोरोना भाइरस संक्रमणका कारण अध्ययन र रोजगारका लागि घरभन्दा बाहिर रहेका धेरै युवाहरु गाउँ फर्केका बेला सामाजिक कार्यमा जुटेका हुन । पोखरा स्थित पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययरत नबिन भट्टराई भन्नुहुन्छ सामाजिक दुरी कायम गर्दैै गाउँका विकास निर्माणमा समय खर्चियौैं । सधैजसो अध्ययनका लागि बाहिर रहेका हामीलाई लडडाउनले एकै ठाउँमा जुटायो । हाम्रा पोैराणिक धरोधर जोगाउन क्रियाशिल छौं उहाले भन्नुभयोे ।
‘कोरोना भाइरसको संन्त्रास बढेपनि सुनसान भएका गाउँघरमा चहल पहल बढेको छ । बटुवा बिहिन चौतारो बिस्तारै बौरिन थालेको छ । युबाहरुको जमघट बढेको छ । लकडाउनले वेफाइदा मात्र होइन केहि फाइदा र सिकाईका लागि दिएको अवसर चिन्नुपर्ने’ मा जोड दिनुहुन्छ समाजसेवी एवं विकासप्रेमी युवा नेता चन्द्र राना ।
तस्विरहरु ः गल्याङ नपा मालुंगा स्थित उमाकोट देउरालीमा युवाहरुको सक्रियतामा निर्माण एवं मर्मत गरिदै चौतारी, बाटो, कुवा ।
.


समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…