स्याङजा : तनाव कम गर्न मनोपरामर्श र ब्यायाम

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिका १ स्थित क्वारेन्टाईनमा बसेका युवायुवतीलाई मंगलबार मनोपरामर्श सेवाका साथै नियमित गर्ने ब्यायामको अभ्यास गराइएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम मार्फत क्वारेन्टाईन बसाईमा तनाव कम गराउने उदेश्यले मनोपरामर्श सहित ब्यायाम अभ्यास गरिएको हो ।
मनोपरामर्श र ब्यायाम अभ्यासपछि जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले दृढआत्मबलले कोरोना जित्न सकिने बताउदेै खानपान र ब्यवहार सकारात्मक बताउदै नित्यकर्म गर्न सुझाव दिनुभयो । साथै, क्वारेन्टाईनमा बस्नेहरुका गुनासालाई समेट्दै प्रमुख सुन्दासले क्वारेन्टाईनमा भएका अभावलाई सकेसम्म पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गण्डकी प्रदेश मनोसामाजिक सुपरभाइजर पूर्णशोभा महर्जनले मनोपरामर्शसंगै ब्यायाम सिकाउनुभएको थियो । क्वारेन्टाइनमा बस्ने मध्ये अधिकांश भारत, कोरिया, दुवईबाट गरी ८ महिला सहित ५१ जना रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिनुभयो ।
स्वीस सरकार र नेपाल सरकारको सहयोगमा अन्धाअन्धी सामुदायिक विकास केन्द्रले सुरक्षित आप्रवासन कार्यक्रम मार्फत गल्याङ र वालिङका क्वारेन्टाईनमा मनोपरामर्श लगायत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…