वालिङका नयाँ संक्रमितलाई आईसोलेसनमा राखियो, वालिङको क्वारेन्टीनमा अझै १३६ जना बस्दै
आँधीखोला खबर :
वालिङका नयाँ संक्रमितलाई आईसोलेसन कालिका सामुदायिक अस्पताल हेलुको आईसोलेशनमा राखिएको छ । आज पुष्टी भएका आठै जनालाई आईसोलेसनमा राखिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।
नगरपालिकाले आज निकालेको प्रेस नोटमा भनिएको छ :
“वालिङ नगरपालिकाभित्रका नागरिकलाई सवारी साधनमार्फत उद्धार गरी ल्याईएकामध्ये गत सोमबार ४२ जनाको स्वाबको नमूना संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाईएकोमा ८ जनाको कोरोना पोजेटिभ देखिएपछि हेलुस्थित कालिका सामुदायिक अस्पतालमा निर्मित आईशोलेसन सेन्टरमा लगिएको छ। शनिबार कोरोना संक्रमित देखिनेहरुमा वालिङ नगरपालिका वडा नं। १३ का ४४, ५२, ३२, ५४, २३, १६ वर्षका पुरुष, वडा नं ४ का २५ वर्षीय पुरुष र वडा नं। ७ का १९ वर्षीय पुरुष गरी कूल ८ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कोरोना पोजेटिभ देखिएको एक महिलालाई पनि आज नै कालिका सामुदायिक अस्पताल हेलुमा ल्याईएको छ यो सँगै हालसम्म कालिका सामुदायिक अस्पतालमा वालिङका ९ जना हुनुहुन्छ भने जिल्ला अस्पताल स्याङ्जाको आईशोलेसनमा ४ जना रहनुभएको छ । हाल उहाँहरु सबै जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुभएको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज ६ जना होम क्वारेन्टाईनमा रहने गरी घर फिर्ता हुनुभएको छ । योसँगै हालसम्म घर फिर्ता हुनेको संख्या ६० पुगेको छ । बुधबार थप २८ जनाको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि पोखरा पठाईएकोमा रिपोर्ट आउन बाँकी रहेको छ । नगरपालिकाले स्थापना गरेको आजका मितिसम्म सात स्थानमा रहेका क्वारेन्टिनमा १३६ जना रहनुभएको छ ।”
यो पनि पढ्नुहोस् :
स्याङ्जामा एकैपटक थपिए १० जना संक्रमित, संक्रमितको संख्या २३ पुग्यो ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …