वालिङ : पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला कागती रोपियो
तोलाकान्त बगाले/वालिङ :
वालिङ १४ पेखु ठानामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत सुन्तला कागती रोपेर शुरुवात गरिएको छ । सप्तरंगी कृषि सहकारी संस्था वालिङ ९ को आयोजनामा पेखु ठानामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत सुन्तला र कागतीका विरुवा रोपेर शुरुवात गरिएको हो ।
चक्लाबन्दी खेतीको आज शुरुवात गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले योजनाहरु बनाउँदा कृषि, पशुपालन र उद्यमशिलतालाई जोड दिएको बताउनुभएको छ । वालिङ नगरपालिका कृषि, पशुपालन तथा उद्यमशिलताको दृष्टिले प्रचूर संभावना बोकेको क्षेत्र भएकाले प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको हो ।
ब्यवसायिक र सामूहिक कृषि प्रणाली अपनाउँदा कृषकहरुमा आउन सक्ने समस्याप्रति नगरपालिका सचेत हुँदै ब्यवसायिक हितका लागि नगरपालिका जमानी बसेर सस्तो ब्याजमा ऋण उपलब्ध गराउने, बीउ पुँजी दिने तथा आवश्यकताका आधारमा अनुदान तथा कृषि उपकरणहरु प्रदान गर्दै आएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“सहकारीमार्फत एकीकृत खेती प्रणालीको थालनी भएको छ, यो खुशीको कुरा हो” नगर प्रमुख खाँणले भन्नुभयो, “नमूनाकोरुपमा अगाडि बढाउनुहोस् जसको अनुकरण नगरका अन्य ठाउँमा पनि हुन सकोस् र वालिङ कृषिका क्षेत्र अगाडि बढोस् ।”
.

ठूलो परिमाणमा कागती, सुन्तला तथा अन्य तरकारीहरु उत्पादन गर्न सकेको खण्डमा बजारको समस्या नहुने र उत्पादित बस्तुको बजारीकरणमा पनि सहजता हुन सक्ने भएकाले यस अभियानलाई निरन्तरता दिन पनि नगर प्रमुख खाँणले सुझाव दिनुहुँदै यसको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले ठूलो परिमाणमा उत्पादन गरेर अरुलेभन्दा सस्तोमा बिक्री वितरण गर्न सकेमा बजारसँगै आर्थिक आम्दानी पनि बृद्धि भएर जाने बताउनुभयो । उहाँले कृषिका क्षेत्रमा कतिपय अनुदान लिनका लागि मात्रै भए पनि आउने गरेका कारण वास्तविक किसानहरु ओझेलमा परेको बताउनुभयो ।
कार्यक्रममा कृषि अर्थ विज्ञ टेकप्रसाद लुईटेलले कृषिमा आधुनिकीकरण गर्दै सामूहिकरुपमा अगाडि बढेको खण्डमा सहजता हुने विचार ब्यक्त गर्नुभयो । साथै उहाँले नमूनाकोरुपमा यस अभियानलाई स्थापित गर्दै धेरैभन्दा धेरै आर्थिक लाभ लिने गरी अगाडि बढ्न पनि सुझाव दिनुभयो ।
सहकारीका अध्यक्ष ताराप्रसाद भुसालले यहाँका स्थानीयहरुसँग समन्वय र सहकार्य गर्दै संस्थामार्फत सामूहिकरुपमा सुन्तला, कागती, बेमौसमी तरकारी, घाँस तथा बाख्रापालन सञ्चालन गर्ने लक्ष्यसहित कामको थालनी गरेको बताउनुभयो ।
अध्यक्ष भुसालका अनुसार पहिलो चरणमा ३ सय ५५ रोपनी क्षेत्रफलमा रहेको चक्लाबन्दी खेती प्रणाली अन्तर्गत ५० रोपनीमा बेमौसमी तरकारी, ७० रोपनी क्षेत्रफलमा उन्नत जातका घाँस रोप्ने र बाँकी रहेको ठाउँमा सुन्तला र कागतीका विरुवा रोप्ने तयारी रहेको छ ।
.
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


