वालिङका उपभोक्ताहरुको घरघरमा नियमित रुपमा नै पुग्न थाल्यो ताजा तरकारी ।

स्याङ्जा :
बर्तमान् बिषम परिस्थितिमा पनि वालिङ बजारका उपभोक्ताहरु घरघरमा नै ताजा तरकारी खरिद गर्न पाए पछि खुशी भएकाछन् । सुपथ मुल्यमा नै ताजा तरकारी उपभोग गर्न पाएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका हुन् ।
वालिङ चोक की सुनिता बस्नेत अर्यालले भन्नुभयो, “यस्तो अवस्थामा पनि घर घरमा नै ताजा तरकारी पाउनु हाम्रो भाग्यको कुरा हो । उहाँले थप्नु भयो मुल्य पनि निक्कै सस्तो लाग्यो । त्यस्तै वालिङ ९ मा लामो समय देखि बस्दै आउनु भएकी शुभद्रा खनालको पनि खुशीको सिमा छ्रैन । उहाँले हातमा तरकारी लिदै भन्नुभयो सधै आउनु पर्यो है ।
उहाँहरु मात्रै होईन अहिले वालिङ बजारका धेरै उपभोक्ता निक्कै खुसी छन् । लकडाउनका बेला लामो समय देखि पसलमा बेच्न राखिएको तरकारी खरिद गर्न बाध्य रहेका उपभोक्ताहरु घरघरमा नै तरकारी आए पछि बाहिर हिडिरहनु पर्ने जोखिम समेत कम भएको बताए ।

.


वालिङ नगरपालिका, दियालो÷युएनडिपी नेपाल र हरित ज्योती गौरव कृषि सहकारीकोे समन्वय र सहकार्यमा कृषि उपजलाई घरघरमा पुर्याउने काम गरिएको हो ।
गाँउगाँउमा उत्पादन भएका कृषि उपजलाई सहज रुपमा उपभोक्ता सम्म पुर्याउने योजना सहित बजारीकणको काम शुरु गरिएको नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनु भयो । बिषम परिस्थितीमा पनि कृषकहरुलाई समस्या नपरोस भनेर आफूहरु सचेत रहेको उहाँको भनाई छ ।
लकडाउनको लामो अवधीमा पनि वालिङ नगरपालिका र दियालो युएनडिपी नेपाल मिलेर कृषि उपजलाई बजार सम्म लाने काम गर्दै आएको बताउदै दियालो संस्थाकी अध्यक्ष कविता तिवारीले भन्नुभयो, “अव व्यवस्थित च्यानल अन्तरगत नियमित कृषि उपजलाई बजार सम्म पुर्याउने छौं ।
गाँउमा उत्पादित कृषि उपजलाई वडा स्तरमा स्थापना गरिएका संकलन केन्द्र तथा सहकारी मार्फत बजार सम्म ल्याईने अध्यक्ष तिवारीले बताउनु भयो ।

.


सहज रुपमा तरकारीजन्य सामाग्री उपभोक्ता सम्म पुर्याएको जानकारी दिदै हरितज्योती गौरब कृषि सहकारीका अध्यक्ष कृष्ण खाँणले दीर्घकालिन रुपमा बजारको व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताउनु भयो ।
वालिङ नगरपालिकाका वडा स्तरमा खुलेका संकलन केन्द्र र सहकारी मार्फत कृषि उपज संकलन गरी न्युनतम मुल्यमा बजारमा बेच्ने गरिएको छ । तरकारीलाई जिपमा राखेर घरघरमा पुर्याईएको संस्थाले जनााएको छ ।

.

Facebook Comments Box
TOP