वालिङ : बैंकर्स तथा उद्योगी व्यवसायी बीच समसायिक बिषयमा अन्तरक्रिया
वालिङ :
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा कोभिड–१९ महामारीका कारण उद्योग व्यापार व्यवसाय एवम् बैंकिङ क्षेत्रमा परेको असर र न्युनिकरणको बिषयमा, वालिङस्थित विभिन्न बैंकका प्रमुखहरु र उद्योगी व्यवसायीहरुबीचमा भौतिक दूरी कायम गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ को कारण उद्योग व्यवसयका क्षेत्रमा परेको प्रभाव, बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीका बीचमा हुने व्यवसायिक सेवमा सरलता, बैंक ब्याजदर र छुटका सुविधाहरु, वालिङका वित्तीय सूचाङ्कहरुको विश्लेषण, आम नागरिकहरुलाई बैंकिङ शिक्षा एवम् उद्योगी व्यवसायीका समस्याहरुलाई बैंकका प्रधान कार्यालय मार्फत नेपाल सरकारसम्म पुर्याउने लगायतका बिषयहरुमा ब्यापक छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा विशेष आमन्त्रित व्यक्तित्व वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले कोभिड–१९ ले बैंकर्स तथा व्यवसायीहरु दुवै पक्ष धरासायी बन्दै गएको र यस्तो परिस्थितिमा दुवै पक्षको उन्नयन एवम् सन्तुलित प्रगति गर्ने उपाय खोजी सकारात्मक ढङ्गबाट अगाडि बढ्नुपर्ने कुरा बताउनुभएको थियो ।
बैंकर्स एशोसियसन वालिङका अध्यक्ष मोतीलाल कुँवर, विश्वराज मरासिनी, उज्ज्वल श्रेष्ठ लगायत बैंकका शाखा प्रमुखहरुबाट बैंकहरुले दिएका सुविधाहरु र उठेका जिज्ञाशाहरुलाई सहजीकरण गर्नुभएको थियो ।
संघका अध्यक्ष श्री शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो भने समापन निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, पदाधिकारी एवम् सदस्यहरु, वस्तुगत संघका प्रतिनिधि, महिला उद्यमी विकास समितिका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको संघका कार्यालय प्रमुख बाबुराम रेग्मीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


