वालिङ : बैंकर्स तथा उद्योगी व्यवसायी बीच समसायिक बिषयमा अन्तरक्रिया

वालिङ :
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा कोभिड–१९ महामारीका कारण उद्योग व्यापार व्यवसाय एवम् बैंकिङ क्षेत्रमा परेको असर र न्युनिकरणको बिषयमा, वालिङस्थित विभिन्न बैंकका प्रमुखहरु र उद्योगी व्यवसायीहरुबीचमा भौतिक दूरी कायम गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ को कारण उद्योग व्यवसयका क्षेत्रमा परेको प्रभाव, बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीका बीचमा हुने व्यवसायिक सेवमा सरलता, बैंक ब्याजदर र छुटका सुविधाहरु, वालिङका वित्तीय सूचाङ्कहरुको विश्लेषण, आम नागरिकहरुलाई बैंकिङ शिक्षा एवम् उद्योगी व्यवसायीका समस्याहरुलाई बैंकका प्रधान कार्यालय मार्फत नेपाल सरकारसम्म पुर्याउने लगायतका बिषयहरुमा ब्यापक छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा विशेष आमन्त्रित व्यक्तित्व वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले कोभिड–१९ ले बैंकर्स तथा व्यवसायीहरु दुवै पक्ष धरासायी बन्दै गएको र यस्तो परिस्थितिमा दुवै पक्षको उन्नयन एवम् सन्तुलित प्रगति गर्ने उपाय खोजी सकारात्मक ढङ्गबाट अगाडि बढ्नुपर्ने कुरा बताउनुभएको थियो ।

बैंकर्स एशोसियसन वालिङका अध्यक्ष मोतीलाल कुँवर, विश्वराज मरासिनी, उज्ज्वल श्रेष्ठ लगायत बैंकका शाखा प्रमुखहरुबाट बैंकहरुले दिएका सुविधाहरु र उठेका जिज्ञाशाहरुलाई सहजीकरण गर्नुभएको थियो ।

संघका अध्यक्ष श्री शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो भने समापन निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, पदाधिकारी एवम् सदस्यहरु, वस्तुगत संघका प्रतिनिधि, महिला उद्यमी विकास समितिका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको संघका कार्यालय प्रमुख बाबुराम रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP