वालिङ जीवन तथा निर्जीवन बिमा कम्पनी तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया गरियाे

वालिङ :
वालिङस्थित जीवन तथा निर्जीवन बिमा कम्पनीहरुका प्रमुखहरु र उद्योगी व्यवसायीबीच छलफल सम्पन्न भएकाे छ। वालिङ उद्योग वाणिज्य संघको आयोजनामा कोभिड–१९ महामारीका कारण उद्योग व्यापार व्यवसाय क्षेत्रमा परेको असर र आर्थिक क्षति न्युनिकरणको लागि बिमाको महत्व तथा वालिङमा सञ्चालनमा रहेका बिमा कम्पनीहरुको समस्या तथा अवसर पहिचान सम्बन्धी परिचयात्मक भेटघाट तथा अन्तक्र्रिया भौतिक दूरी कायम गरी गरिएकाे हाे ।
कार्यक्रममा कोभिड–१९ को कारण उद्योग व्यवसयका क्षेत्रमा परेको प्रभाव, बिमा कम्पनी र उद्योगी व्यवसायीका बीचमा हुने व्यवसायिक आर्थिक क्षतिको सुरक्षासेवामा सरलता, र छुटका सुविधाहरु, वालिङका बिमा सम्बन्धी सूचाङ्कहरुको विश्लेषण, आम नागरिकहरुलाई बिमा सम्बन्धी शिक्षा एवम् उद्योगी व्यवसायीका समस्याहरुलाई बिमाका प्रधान कार्यालय मार्फत नेपाल सरकार एवम् बिमा समितिसम्म पुर्याउने लगायतका बिषयहरुमा छलफल एवम् अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा विशेष आमन्त्रित व्यक्तित्व वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बिमा कम्पनीहरुले भोली हुने अकल्पनीय मानबीय तथा भौतिक क्षतिलाई आर्थिक रुपमा सुरक्षित गर्ने भएकोले यसको ब्यापक महत्व रहेको तर नागरिकहरुको बिमा सम्बन्धी दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको अवस्थामा नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो ? त्यसको लागि वालिङ नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नगरपालिकाको बजार क्षेत्रमा र १४ वटै वडाहरुमा बिमा सम्बन्धी सचेतना जगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
स्याङ्जा इन्स्योरेन्स सोसाईटीका अध्यक्ष शंकर सुवेदी, महेन्द्र पाठक, पृथ्वीनारायण शर्मा, कृष्ण डुम्रे, तुलसा भण्डारी तिवारी, पार्वती आले (सन्ध्या) लगायत कम्पनीका शाखा प्रमुखहरुबाट बिमा कम्पनीहरुले दिएका सुविधाहरु र उठेका जिज्ञाशाहरुलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले यहाँ क्रियाशील बिमा कम्पनीहरुको ब्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको, साथै अन्य समन्वयात्मक भूमिका संघले निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बिमा कम्पनीहरुलाई बिमा समितिको निर्देशन हुबहु कार्यान्वयन गर्नुपर्ने साथै बिमितहरुलाई अधिकतम लाभ र छिटो छरितो बिमा दाबी लगायतका सेवा पु¥याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको निष्कर्षको रुपमा, वर्तमान कोभिड–१९ को प्रभाव सामान्य भएपश्चात् यहाँका सबै बिमा कम्पनीहरु, राष्ट्रिय बिमा समिति र वालिङ उद्योग वाणिज्य संघको समन्वय र सहकार्यमा बिमा सम्बन्धी जनचेतनामुलक प्रभावकारी कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा आएको थियो । संघका अध्यक्ष श्री शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् सदस्यहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी एवम् सदस्यहरु एवम् वालिस्थित २४ वटा बिमा कम्पनीका प्रबन्धकहरु लगायतको उपस्थिति रहेको थियो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…