वालिङ नगरपालिकाले अनुदानमा कृषकलाइ मौरीसहितको घार वितरण गर्याे ।

वालिङ : वालिङ नगरपालिकाले व्यावसायिकरुमा मौरीपालनलाई विस्तार गर्न मौरीसहितको एकसय घार वितरण गरेको छ । नगरपालिका अन्तर्गत कृषि शाखाले आवेदन माग गरेसँगै चार समूह तथा सहकारी संस्था छनोट गरी मौरीसहितको घार वितरण गरेको कृषि शाखा प्रमुख केशबहादुर थापाले बताउनु भयेा ।
कान्छी मनकामना कृषक समूह वालिङ–७, बर्तुङ फूलबारी कृषक समूह वालिङ–१०, थुमपोखरा कृषि सहकारी संस्था वालिङ–१३ र हुल्काङ कृषि सहकारी संस्था वालिङ–१४ लाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।
.

नगरपालिकामा पहिलो चरणमा यसवर्ष मौरीसहितको एकसय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारितालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनु भयाे । “वालिङ मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त छ” नगरप्रमुख खाँणले भन्नुभयाे, “यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर अनुदानमा आधुनिक घार बाँडेका हौं ।” महको माग बढीरहेकोले बजारको कुनै समस्या नहुने भएकाले पनि यो व्यवसायप्रति किसान आकर्षित भएको नगरप्रमुख खाँणले बताउनु भयेा । छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिलाई मौरीपालनमा ध्यान दिनुपर्ने कुरा र यसको विधिबारेमा जानकारी दिइएको कृषि शाखा प्रमुख थापाले बताउनु भयाे ।रासस
- स्याङजामा आज एकै पटक ३४ जना कोरोना जितेर घर फर्किए ।
- गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…