वालिङ : बाँदर धपाउने यन्त्रले किसानमा खुशी,हेर्नुुस् चलाउने तरिका सहितको भिडियो

तोलाकान्त बगाले/वालिङ :
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । वालिङसहित देशका विभिन्न ठाउँमा किसानले उत्पादन गरेको बालीनालीमा बाँदरले हानी नोक्सानी पु¥याएसँगै आतंकित बनेका किसानलाई यन्त्रको सहायताले सहजता हुने भएको हो ।
बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमीनहरु बाँझै हुने समस्या समाधान गर्दै किसानलाई कृषि ब्यवसायतर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले बाँदर धपाउने यन्त्र वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङसहित देशब्यापीरुपमा किसान दाजुभाई दिदीबहिनीहरुका लागि बाँदर साझा समस्या हो” नगर प्रमुख खाँणले भन्नुभयो, “यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराईएको छ ।”
युपिभिसी पाईपबाट निर्माण गरिएको यन्त्रमा ‘कारबाईड’ लाई पानीले घोली मिश्रण बनाएर पछाडिबाट लाईटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किने भएकाले यो प्रविधि सरल र सस्तो रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“पहिलो चरणमा गाउँ गाउँमा धेरै बाँदरले सताउने ठाउँका किसानलाई वडा–वडामार्फत प्राथमिकताका आधारमा निशुल्क वितरण गर्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “प्रत्येक वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिकाकाबारेमा आवश्यक प्रशिक्षण दिएर पठाएका छौं ।”
नगरपालिकाले बाँदर आतंकबाट प्रभावित भएका किसानहरुलाई लक्षित गरी पहिलो चरणमा एकसय वटा यन्त्र वितरण गरेको हो ।
भीरकोट १ हेलुका बासिन्दा भवि कोईरालाले निर्माण गर्नुभएको यन्त्रलाई परिमार्जन गर्दै वालिङ ८ का ईञ्जिनियर सुरज रिजालले उत्पादन गर्नुभएको हो ।
बाँदर धपाउनका लागि किसानहरुले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान भएर जाने विश्वास ईञ्जिनियर सुरज रिजालको छ ।
गाउँ गाउँमा मकै, तरकारी तथा फलफूलहरु खाई दिने, टिपेर फालिदिने जस्ता आतंक बाँदरले मच्चाउने गरेकोमा नगरपालिकाले किसानहरुको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेकोमा वालिङ ५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताउनुभयो ।
“गाउँमा मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्नहरु लगाउँछौं तर बाँदरको समस्याले निक्कै सास्ती भएको थियो” किसान लामिछानेले भन्नुभयो, “यो यन्त्र चलाउन पनि सजिलो र यसबाट आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखेको छु ।”
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
आलोपालो वा प्रत्येक घरबाट ब्यवसायिकरुपमा लगाईएको सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारीहरुमा बाँदरले केही खाने र केही टिपेर फाल्ने भएकाले किसानहरु चिन्तित थिए ।
त्यस्तै वालिङ ८ भीमटारीका किसान सूर्य रेग्मीले नगरपालिका कार्यालयबाट यन्त्र चलाउने प्रशिक्षण लिएर यन्त्र गाउँमा ल्याएको बताउनुभएको छ ।
“गाउँमा कसैले ब्यवसायिकरुपमा त कसैले घरलाई आवश्यक पर्ने तरकारी तथा अन्य बाली लगाउनुभएको छ बाँदरको हुलका हुल आउँदा समस्या हुने गरेको थियो” किसान रेग्मीले भन्नुभयो, “यसलाई अनावश्यक प्रयोग हुन नदिनेमा आँफूहरु सचेत हुँदै सही सदुपयोग गर्नुका साथै नगरपालिकाले किसानलाई यन्त्र उपकरण गराएकोमा हामी खुशी छौं ।”
.
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…