भीरकोट : वृहत्तर पर्बतीय पर्यटन विकासको लागि डिपिआर अन्तिम चरणमा
चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिकाको वडा न ५, ८ र ९ लाई समेटेर तयार पारिएको वृहत्तर पर्बतीयय पर्यटन विकासको डिपिआर अन्तिम चरणमा पुगेको छ । सो क्षेत्रमा पर्ने धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुको सोमवार अनुगमन पछि यस्तो जानकारी गराईएको हो । सो क्षेत्रमा जनप्रतिनिधिहरु अनुगमन तथा निरिक्षणका लागि पुगेका थिए ।
भीरकोट नगरपालिकाको वडा न ५ मा रहेको स्वरेक मैदानले भीरकोट मात्रै नभई जिल्ला सहित नेपालमा नै परिचित ठाँऊ रहेको भन्दै त्यस ठाँउको बिकासलाई जोड दिईएको नगर प्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
सो ठाँउमा अन्तराष्टिय प्याराग्लाईडिङ् प्रतियोगिता समेत सम्पन्न भैसकेको छ ।
.

गुरुयोजना भित्र भीरकोट नगरपालिका वडा न ५,८ र ९ को समिपमा रहेको चितपानी फलाते गहिरो लाई बाध लगाई सुन्दरताका लागि नैनीताल जस्तै ताल निर्माण गरी तालको छेऊवाट हिड्ने वाटो र व्यवस्थीत होटल तथा रेष्टुरेन्ट निर्माण गरिने, स्वरेक प्यारागलाईडिङ् देखी गडहरे गुफ्फा,ओखतिपानी होमस्टे जोड्ने साईकेलिङ् मार्ग निर्माण गर्ने ,स्वरेकमा फुटवल खेलमैदान,प्याराग्लाईडिङ् गर्ने ठाँऊ भन्दा माथि गरुढ सवार २० फिटको विष्णु भगवानको मुर्ति निर्माण गर्ने, मैदानमा रहेको सल्लाघारी सहितको जंगलमा मिनि चिडियाखाना निर्माण गर्ने, राजेन्द्र भवानी देवीको मन्दिर निर्माण, चाम थुम्का लाई व्यवस्थीत गर्ने र स्वरेकलाई जिल्लाकैे पर्यटकीय केन्द्रको रुपमा विकसित गर्ने नगर प्रमुख खनालले वताउनु भयो ।
.

वृहतर पर्वतिय पर्यटन विकासको डिपिआर सम्पन्न भए संगै नगरपालिकाले प्रदेश र संघीय सरकार संग समंन्वय र साझेदारीमा काम गर्ने प्रमुख खनालले वताउनु भयो ।
वृहत्तर पर्बतीय पर्यटन विकास गुरुयोजना अन्तिमरुपको नगर प्रमुख, वडा अध्यक्ष,ईन्जीनियर र स्थानियवासीहरु द्धारा स्थलगत अवलोकन गरीएको वडा न ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले वताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


