स्याङ्जा : लकडाउनका बेला तलब माग्दा गयो जागिर !
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा सदरमुकास्थित एक सहकारीका कर्मचारीले तलब माग्दा जागिर गएको छ । पुतलीबजार नगरपालिका १ ठाडोलाईनको साहारा वचत तथा ऋण सहकारी संस्था लि.मा कार्यरत यानी गुरुङ्ले बन्दाबन्दी अवधिको तलब माग्दा जागिर गएको हो ।
“बन्दाबन्दीको अवधिमा कार्यालय खुलेको थिएन् तर घर चलाउन समस्या भएपछि तलब मागेको थिए ।” गुरुङ्ले भनिन्, “धेरै प्रयासपछि तलब त पाए तर तलब दिएपछि अबदेखि कार्यालयमा नआउनु भनिदिए ।” करिब १० महिनादेखि संचचालित सहकारीमा गुरुङ् करारमा बजार प्रतिनिधिका रुपमा कार्यरत थिईन् ।
“सरकारले बन्दाबन्दी लागु गरेपछि पूर्णरुपमा कार्यालय बन्द भएको थियो ।” सहकारीका सचिव तथा कार्यालय व्यवस्थापन प्रमुख श्यामकृष्ण श्रेष्ठले भने, “बन्द रहेको सहकारीले करारका कर्मचारीलाई तलब दिन नसक्ने भएपछि हालसम्मको तलब दिएर नआउनु भनेका हौं ।”
स्थापना कालदेखिको कर्मचारी भएरपनि आफुलाई तलब माग्दा कार्यालय नआउनु भन्दा दुःख लागेको गुरुङ्ले सुनाईन् । “सहकारीहरुले कर्मचारीलाई जानकारी र स्पष्टीकरण बिना एक्कासी निष्काशन गर्न माल्दिैन् ।” जिल्ला सहकारी संघ लि. का पूर्व अध्यक्ष केशवराज लम्सालले भने, “जानकारी नदिएर कारण बिना कर्मचारी निकाल्नु अपराध हो ।”
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …