स्याङ्जाका बिभिन्न घटनामा ३ जनाको मृत्यु, एक घाइते

Waling

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जामा विभिन्न घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा परेर दुई जनाको भृत्यु भएको र एक जना मृत अवस्थामा फेला परेपछि स्याङ्जामा ३ जनाको मृत्यु भएको हो ।

रुपन्देही घर भई वालिङ नगरपालिका ७ केवँरेमा दिदीको घरमा बस्दै आएका बर्ष २२ का लोकबहादुर थापा दमाई गए राती पुलबाट खसेर खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब वालिङ ६ मिर्दिखोलामा फेला परेको थियो । शबको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

अविरल परेको बर्षाकारण गए राती आएको पहिरोले घर पुरेपछि गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । श्रीमान श्रीमती एकै ठाउमा सुतेको बेला राती पहिरोले घर पुरिदा श्रीमानको मृत्यु भएको थियो भने घाईते भएकी श्रीमती घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए ।

यता पुतलीबजार नगरपालिका १३ चिलाउनेखर्कका ६९ बर्षिय कुलबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिएका छन् । वडा कार्यालयबाट सुन्तलाका बिरुवा लिएर घर तर्फ जादै गरेका थापा बायाखोला छहरामा घोप्टो परेको अवस्थामा लाश फेला परेका अवस्थामा भेटिएको थियो । उनको पनि पोष्टमार्टम गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख कणेलले बताए ।

अविरल बर्षका कारण चापाकोट नगरपालिका ४ का स्थानीय लेखनाथ पौडेलको गोठ पहिरोले पुरेर क्षति पु¥याएको छ । मानवीय र पशुचौपायमा क्षति नभएपनि पहिरोले करिव १ लाख ५० हजार बराबरको क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Facebook Comments Box
TOP