स्याङ्जाका स्थानीय तह बजेट बनाउँदै
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाका ११ स्थानीय तह मध्ये अधिकाशंले आर्थिक वर्ष २०७७/७८ को लागि धमाधम बजेट निर्माणमा जुटेका छन् । कोरोनाको कहरलाई भोग्दै बन्दाबन्दीमा समेत जिल्लाका स्थानीय तह धमाधम बजेट निर्माणमा जुटेका हुन् ।
“बजेट निर्माणका लागि आवश्यक पर्ने आधारभूत नीतिलाई अबलम्बन गर्दै बजेट तयारी तिव्रता दिएका छौं ।” वालिङ् नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले भनिन्, “टोल विकास संस्थाहरुका पदाधिकारीसँगको सामाजिक दुरी कायम गर्दै बजेटबारे भएको परामर्शपछि तयारी स्वरुप विषयगत छलफल चलिरहेको छ ।” बजेट प्रक्रिया पुरा गरेर मात्रै उनले दाबी गरिन् ।
जिल्लाका ५ नगरपालिका मध्ये वालिङ्, भीरकोट र गल्याङ्ले बजेट तयारीलाई तिव्रता दिदा पुतलीबजार र चापाकोटले प्रारम्भिक तयारी थालेका छन् । “खासगरी बजेटको तयारी अन्तिम चरणमा आउनुपर्ने हो ।” पुतलीबजार नगरपालिका प्रबक्त ख्यामनारयण शर्माले भने, “बन्दाबन्दीले गर्दा अन्तिम चरणमा आउनुपर्ने तयारी प्रारम्भिक चरणमा छ ।”
बजेट तयारीमा कुनै अभाब र गुनासो आउन नदिन जिल्लाका ६ गाउँपालिका मध्ये आँधीखोलाले तयारीलाई तल्लो तहसम्म पु¥याएको दाबी गरेको छ । विगतका वर्षमा बजेट तयारीमा नागरिकको जस्तो सहभागिता हुन्छ त्यसरी नै तयारी गरेकोे गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।
“नागरिकको प्रत्यक्ष सहभागितामा जोड दिर्दै उनीहरुकै परामर्शमा बजेट निर्माण र तिव्र तयारी गरेका छौं ।” अध्यक्ष पौडेलले भने, संघीय र प्रदेश सरकारको अनुदान र गाउँपालिकाको श्रोतको पहिचानलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको छ ।” बजेटले छोड्न नमिल्ने र वास्तवमा समाबेश हुनुपर्ने क्षेत्रको पहिचान गरेर बजेटको तयारी गरेको पौडेलले बताए ।
फेदीखोला, अर्जुनचौपारी र कालिगण्डकी गाउँपालिकाले पनि बजेट निर्माणलाई विषयगत छलफलको प्रारम्भिक चरणमा पु¥याएका छन् । बिरुवा र हरिनाश गाउँपालिकाले भने बजेट तयारी शरुवाती चरणमा लगेको बताएका छन् । बजेट निर्माण शुरुवाती चरणमा रहेकाले टोलस्तरमा छलफलका पुग्न असहज भएको उनीहरुले बताए ।
“स्थानीय तहको बजेट विनियोजन सम्बन्धित कानून अनुसार असारको पहिलो साता अनिवार्य बजेट आउनुपर्ने बाध्यता छ ।” अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले भने, “बन्दाबन्दी आक्रान्तमा समेत बजेटलाई अन्तिम रुपमा दिन सबै क्षेत्रलाई परिचालन गरेका छौं ।”
“बजेटको नीतिगत र सैद्धान्तिक पक्षलाई आत्मसाथ गर्दा बजेट झण्डै ८ महिनादेखि बन्न शुरु गर्नुपर्ने हो तर हामीले बजेटको सैद्धान्तिक पक्षलाई मर्न दिएका छैनौ ।” गल्याङ् नगरपालिकाका प्रशासकिय अधिकृत ईश्वरीप्रसाद पाण्डेले भने, “संघबाट आउने बजेटको सिलिङ् र प्रदेशले दिने अनुदानलाई मध्यनजर राख्दै नगरपालिका बजेट निर्माणमा केन्द्रित बनेको छ ।”
जिल्लाका स्थानीय तहले प्रक्रियागत रुपमा बजेटको तयारीमा लागेको दाबी गरेपनि चापाकोट नगरपालिकाले लकडाउनलाई दोषी देखाउँदै टोल विकास संस्थासँग छलफल गर्न नसकेको बताएको छ । नगरपालिकाका अनुसार लामो समयको बन्दाबन्दीले बजेटका आवश्यक प्रक्रिया पुरा गर्न सकिएन् ।
“स्थानीय तहले प्रक्रियागत बजेट तयारी गर्नुपर्ने नीतिगत व्यवस्था भएरपनि त्यसलाई पुरा नगर्नेको बजेट रोक्का गर्नुपर्छ ।” आँधीखोल गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल क्षेत्रीले भनिन्, “नीतिगत प्रक्रिया उल्लघंन गर्नेलाई कारबाही स्वरुप बजेट रोक्का गरेर देखाउनुपर्छ ।” बन्दाबन्दी त सबैलाई थियो होला नी ? कसैलाई भ्याईनभ्याई हुने कसैले त्यत्तिकै बजेट पाउने ? उनको प्रश्न थियो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


