स्याङ्जामा भरुवा बन्दुक सहित एक जना पक्राउ ।

arrested


आँधीखोला खबर :
भरुवा बन्दुक सहित स्याङ्जामा एक जना पक्राउ परेकाछन् । प्रहरीले वालिङ नगरपालिका वडा नम्वर ८ मास्कीडाँडाका ३० बर्षीय रन बहादुर मास्कीलाई पक्राउ गरेको हो । मास्कीको घरमा खानतलासी गर्दा १ नाले भरुवा बन्दुक र सोही बन्दुकमा बारुद छर्रा भर्न प्रयोग हुने रङ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मास्कीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

Facebook Comments Box
TOP