स्याङ्जामा भरुवा बन्दुक सहित एक जना पक्राउ ।
आँधीखोला खबर :
भरुवा बन्दुक सहित स्याङ्जामा एक जना पक्राउ परेकाछन् । प्रहरीले वालिङ नगरपालिका वडा नम्वर ८ मास्कीडाँडाका ३० बर्षीय रन बहादुर मास्कीलाई पक्राउ गरेको हो । मास्कीको घरमा खानतलासी गर्दा १ नाले भरुवा बन्दुक र सोही बन्दुकमा बारुद छर्रा भर्न प्रयोग हुने रङ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मास्कीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


