स्याङ्जामा कालोबजारी गर्ने तीनजना पक्राउ
स्याङ्जा :
लकडाउनको मौका पारी कालोबजारी गरेको आरोपमा स्याङ्जा प्रहरीले विहिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ आमबोटका २४ बर्षिय गौरव प्रधान, ३३ बर्षिया विष्णुमाया शर्मा र पुतलीबजार–१० का ३५ बर्षिय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
गौरवले सञ्चालन गरेको प्रधान किराना पसलबाट १ लिटर दरका भरि १९ बोत्तल पेट्रोल, बिष्णुमायाले सञ्चालन गरेको शर्मा किराना पसलबाट १ लिटर दरका भरी ९ बोत्तल पेट्रोल र १० लिटरको जर्किन भरी पेट्रोल र चन्द्रबहादुरले सञ्चालन गरेको आशिस किराना पसलबाट १ लिटर दरका भरि १४ बोत्तल अवैध पेट्रोलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । उपभोक्ताले पेट्रोल तोकिएको मुल्यभन्दा बढी मुल्यमा विक्री गरेको सुचना गुनासो गरेपछि पसलमा अनुगमन गरि पक्राउ गरिएको उनले बताए ।
‘जनताको गुनासोपछि हामीले अनुगमन गर्दा तीनै जनाले सञ्चालन गरेका पसलबाट पेट्रोल १ लिटरको पानीको खाली वोत्तल र प्लास्टिकको जर्किनमा भरी अनुचित नाफा लिई बढी मूल्यमा विक्रि गरेको भेटायौ’ डीएसपी अधिकारी भन्छन, ‘पक्राउ गरी उहा“हरुलाई जिल्ला प्रशासन कार्यालयमा कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा ७ दिनको म्याद थप लिइ अनुसन्धान गरेका छौ ।’
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


