कोरियामा रहेका पौडेलले गरे वालिङको राहत कोषमा नगद सहयोग ।

आँधीखोला खबर :
रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनु भएका वालिङ १० का सुर्य प्रसाद पौडेलले वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषमा नगद सहयोग गर्नु भएको छ । पौडेलले बिहिबार आफ्नी श्रीमती सिर्जना पौडेल मार्फत नगद रु १० हजार १ सय २५ सहयोग प्रदान गर्नु भएको हो ।
आफू बिदेशमा रहेको भए पनि नेपालमा रहेका अति आवश्यक परेकाहरुलाई सहयोग मिलोस भनेर आफूले नगद सहयोग गनेको पौडेलले बताउनु भयो । नगद ग्रहण गर्दै नगर प्रमुख दिलिप प्रताप खाँणले बिदेशमा रहेर पनि नेपालीलाई सहयोग गर्नु भएको भन्दै सुर्य प्रसाद पौडेललाई धन्यवाद दिनुभयो ।
.

वालिङ १० पौडेलले यसअघि पनि बिभिन्न समस्यामा परेका दाजुभाईहरुलाई सहयोग गर्दै आउनु भएको छ त्यस्तै केही हप्ता अगाडि मात्रै वालिङ १० कै माहाकाली मन्दिरको पुननिर्माणका लागि १ लाख भन्दा धेरै कोरियन वन नगद सहयोग गर्नु भएको थियो ।
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…