भीरकोटमा सार्वजनिक सुनुवाई सम्पन्न ।

चुत्र महत/भीरकोट :
भीरकोट नगरपालिकाले प्रदान गर्ने सेवा,सुविधा र प्रभावकारिता विषयक आ.व.२०७६/०७७ को पहिलो÷दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई तमू समाजको सभाहलमा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले बिभिन्न बिषयमा आआफ्नोभनाई राखेका छन् ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रण,पर्यटकिय क्षेत्रको संरक्षण र प्रवर्धन,सिंचाई सुविधा,आँधिखोलाको नियन्त्रण,नदिजन्य पदार्थको उत्खनन्,सार्वजनिक जग्गाको अभिलेखीकरण,खेलमैदान र खानेपानीको विषयमा गुनासो राखेका थिए ।
जनताको गुनासोलाई सम्वोधन गर्र्दै नगर प्रमुख छायाराम खनालले भीरकोट एकिकृत र दीगो विकासमा लागी परेको भन्दै समृद्ध भीरकोट निर्माणमा सवैको समान सहभागीता र अपन्वत्तव लिनु पर्ने भयो । नगर पालिकाले आ.व.२०७६÷०७७ मा नगरले ८० प्रतिशत पूँजिगत खर्च गरीसकेको भन्दै प्रमुख खनालले भीरकोट नगरको प्रयत्न भ्रष्टाचारमा शुन्य सहनशिलता र काममा पार्दशिता रहेको वताउनु भयो ।
आ.व.२०७६÷०७७ को पहिलो र दोस्रो चौमासिक अवधिको कार्यप्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले भीरकोटको समृद्धीका लागी आफुहरु लागी परेको वताउनु भयो ।
उप प्रमुख सिमा केसी कर्माचार्यले महिला सशक्तिकरणमा भीरकोट अगाडी वढेको भन्दै आगामी वर्षमा थप उपयोगी र प्रभावकारी योजना ल्याउने वताउनु भयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका ९ ओटै वडा अध्यक्षहरुले आ — आफ्ना वडाले दोस्रो चौमासिक अवधि सम्म गरेका कार्यहरु प्रस्तुत गरेका थिए ।
सरोकारवालाहरु,जन प्रतिनिधि,नगरपालिकाका शाखा प्रमुख ,पत्रकार लगायतको सहभागीता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको वास स्याङ्गजा शाखाको सहजिकरण र भीरकोट नगरपालिका नगर कार्यपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको सहजिकरण वास स्याङजा शाखा अध्यक्ष एंव वास गण्डकी संमयोजक एशिव शरण महतले सहजिकरण र स्वागत नगर प्रवत्ता दिपेन्द्र केसीले गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा ४ वँुदे साँझा सार्वजनिक प्रतिवद्धता घोषणा पत्र समेत जारी गरि नगर उप प्रमुख सिमा केसी कर्माचार्यको संमज्योक्त्तवमा ५ सदस्ययी साँझा सार्वजनिक प्रतिवद्धता घोषणा पत्र अनुगमन समिति समेत गठन गरिएको छ ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…