राशिफल : जेठ ३२, २०७७- १४ जुन २०२०, आईतवार
मेष– सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
वृष– आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।
मिथुन– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।
कर्कट– पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला ।
सिंह– धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ ।
कन्या– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।
तुला– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन ।
वृश्चिक– धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
धनु– सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।
मकर– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला ।
कुम्भ– आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।
मीन– बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 08:38 देखि मध्यान्न 11:12 बजे सम्म छ, यो समय सुरुमा चन्द्र होरा लाभ बेला गुरु होरा र अमृत बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बेलुका 05:13 बजे देखि साँझ 06:56 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै रसिलो बस्तु घिउ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


