स्याङजाकाे वालिङमा भेटियो दुर्लभ सुँगुरे भालु
भवानी अधिकारी/स्याङजा : वालिङमा लोपोन्मुख अवस्थामा रहेको सुँगुरे भालु भेटिएको डिभिजन वन कार्यालय स्याङजाले जनाएको छ । सुँगुरको जस्तै लामो थुतुनो, शरीरभरि बाक्ला, लामा काला र सेता धर्से रौं र लामा नङग्रासहितको वन्यजन्तु बस्तीनजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा खबर गरेका हुन् ।
भालु वालिङ् नगरपालिका–११ को तल्लो पेखु ओराले भन्ने ठाउँमा बारीका भेटिएको स्थानीयले जानकारी दिएका छन् । घर नजिकैको बारीमा हिँडिरहेको देखेपछि स्थानीयले घरमा ल्याउपछि स्थानीय सुरेश अर्यालले कार्यालयमा खबर गरेका हुन् ।
अनौठो प्रजातिको वन्यजन्तु देखेपछि गाउँलेले समाएर घरमा ल्याएर दूध खुवाएर राखे । उसले दूध खायो । त्यसपछि कार्यालयमा खबर गरेका हुन् । भालुलाई सोही दिन साँझ भेटिएको स्थाननजिकैको पेखु सामुदायिक वनमाछाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
‘सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो ।’ प्रमुख काफ्लेले भने–‘नेपालमा पाइने एक प्रकारको जनावर हो । अहिले यो दुर्लभ मानिन्छ ।’ काफ्लेका अनुसार धु्रवीय भालु पूर्णरुपमा मांशहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँस मात्र खाएर बाँच्ने गर्दछ । यी दुई प्रजातिबाहेक ६ प्रजातिका भालुहरू जसले वनस्पति र जनावर दुवैलाई आफ्नो आहार बनाउने गर्छन् ।
यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलिया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छर हुन्छ । भालु एक हिँस्रक तथा खतरनाक जनावर हो ।
भालुहरू एक्लै हिड्ने र एकान्तप्रिय जनावरहरू हुन् । भालुको सुंघ्ने क्षमता तीक्ष्ण हुन्छ । ठूलो र रौं भरिएको भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडन भालु निपुण हुन्छन् । मानव बस्तीनजिक बस्ने भालुहरू साँझपख र राति पनि सक्रिय हुने गर्छन । यिनीहरु गुफा र खाडलहरूमा बस्ने गर्दछन् ।
विभिन्न जातजाती र समुदायहरूको कला, धर्म र सांस्कृतिक सम्पदामा भालुको महत्वपूर्ण भूमिका रहन्छ । मानिसले अनावश्यक हस्तक्षेपका कारण भालु लोप हुने अवस्थामा पुगेको छ । भालुको छाला, भुत्ला र औषधियुक्त गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुने गरेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


