कोभिड १९ सम्वन्धी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

आँधीखोला खबर :
समुदायमा अधारित कोरोना भाइरस रोग कोभिड १९ सम्वन्धी जिल्ला स्तरीय अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाद्धारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा अभिमुखिकरण कार्यक्तम गरिएको हो ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले विषम परिस्थितीमा पनि स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो दिनरात खटिने स्वास्थ्यकर्मी धन्यवादका पात्र हुन् । उहाँले नागरिकलाई कोरोना भाईरसका बारेमा जानकारी गराउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश सुआहाराका डा विराज शर्माले सहजीरकण गर्नु भएको थियो । उहाँले कोरोना भाइरसको कारणले पोषणको क्षेत्रमा पर्न गएको असर र यसको रोकथामको विषय साथै सुनौला हजारदिनका आमा र बच्चाहरुलाई कसरी सुरक्षित राख्ने तरिका तथा कोरोना संक्रमण भईहाले के के सावधानी अपनाउने भन्ने विषय जानकारी गराउनु भएको थियो ।
कोरोना भाइरस के हो र कसरी बच्न र बचाउन सकिन्छ भन्ने जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यलय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जिल्ला भित्र भईरहेका कोरोना रोकथामको गतिबिधि र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
.

कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले विषम परिस्थितमा पनि कार्यक्रमलाई प्रभावकारी बनाईदिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जा तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य र पोषणको क्षेत्रमा संस्थाले सँगसगै हातेमालो गर्दै आईरहेको र आगामी दिनमा पनि समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नु भयो ।
सो अवसरमा परियोजना प्रवन्धक ओमसुवा गुरुङले दियालो सुआहारा कार्यक्रमले जिल्लाका नागरिकको स्वास्थ्यका लागि बिभिन्न कार्यक्रम गर्दै आईरहेको जानकारी गराउनु भयो ।
जिल्ला स्वास्थ्य प्रमुख याम प्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका ११ वटै पालिकाका स्वास्थ्य प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
दियालो सुआहारा कार्यक्रमले के गरिरहेको छ त हेर्नुहोस् भिडियो ।
.
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…