शान्ति कामना गर्दै अखण्ड दीप प्रज्वलन

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित विष्णु पधेरामा रहेको शिव मन्दिरमा विश्व शान्तिको कामना गर्दै अखण्ड दीप प्रज्वलन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना त्यसबाट आक्रान्त बनेको अवस्थालाई मध्यनगर गर्दै दीप प्रज्वलन गरिएको हो ।
शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिरमा अखण्ड दीप प्रज्वलन गरिएको समितिका अध्यक्ष दयाराम पराजुलीले जानकारी दिए । दीप प्रज्वलनका समयमा शान्तिको कामना गर्दै शिव मन्दिरमा पुजाअर्चना समेत गरिएको थियो ।
दीप प्रज्वलनमा सदरमुकाम क्षेत्रका महिला तथा पुरुष भक्तजनको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिले विपतको बेला यसअघि समेत धार्मिक कार्यहरु गर्दै आएको पुजामा सहभागि महिला भक्त निर्मला लम्सालले बताईन् ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…