शान्ति कामना गर्दै अखण्ड दीप प्रज्वलन
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित विष्णु पधेरामा रहेको शिव मन्दिरमा विश्व शान्तिको कामना गर्दै अखण्ड दीप प्रज्वलन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना त्यसबाट आक्रान्त बनेको अवस्थालाई मध्यनगर गर्दै दीप प्रज्वलन गरिएको हो ।
शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिरमा अखण्ड दीप प्रज्वलन गरिएको समितिका अध्यक्ष दयाराम पराजुलीले जानकारी दिए । दीप प्रज्वलनका समयमा शान्तिको कामना गर्दै शिव मन्दिरमा पुजाअर्चना समेत गरिएको थियो ।
दीप प्रज्वलनमा सदरमुकाम क्षेत्रका महिला तथा पुरुष भक्तजनको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिले विपतको बेला यसअघि समेत धार्मिक कार्यहरु गर्दै आएको पुजामा सहभागि महिला भक्त निर्मला लम्सालले बताईन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


