भारत सम्म आई सकेको सलहको नियन्त्रण ध्वनिबाट !
काठमाडौँ :अफ्रिकाबाट पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह नेपालमा पनि आउन सक्ने सम्भावना छ । सलह आइपुग्यो भने यहाँको बाली ध्वस्त पार्ने सम्भावना देखिएको छ । ४ देखि ८ करोडको समूहमा हिँड्ने सलह भारतको पन्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तरप्रदेश र महाराष्ट्रमा प्रवेश गरिसकेको छ । यस किराले ३५ हजार मानिसलाई खान पुग्ने बराबरको बाली एक दिनमै नष्ट कुरा वैज्ञानिकहरुले बताएका छन् ।
सलहबाट बच्न विषादीको प्रयोग गर्ने गरिएको छ भने पाकिस्तानले कृषकसँग सलह किरा किन्ने योजना अघि सारेको छ । रातको समयमा एकै ठाउँमा बस्ने सलह जम्मा गरी कुखुरालाई खुवाएको पाकिस्तानी समाचार रोचक किसिमको भए पनि नियन्त्रणको राम्रो उपाय सिद्ध हुन सकेको छैन । यसको नियन्त्रणका लागि अफ्रिकी मुलुकहरूमा मेसिन र हेलिकप्टरमार्फत विषादी छरिएको थियो । भारतमा पनि सलह नियन्त्रणका लागि विषादी सर्न ड्रोन र दमकल प्रयोग गरिएको छ ।
यसैबीच नेपालका एक युवक आवाजबाटै सलह नियन्त्रण गर्न सकिने भन्दै अनुसन्धानमा जुटेका छन् । काठमाडौँमा शिक्षण पेसामा संलग्न मोहन प्रधान वेभ फ्रिक्वेन्सी मिलाउन सके यस किरालाई भगाउन र मार्न समेत सकिने तर्क राख्दछन् । वैज्ञानिक आधारमा तयार गरिने उपकरणबाट सलह तथा अन्य किराहरु पनि नियन्त्रण गर्न सकिने उनको भनाइ छ । आफूसँग उपकरण निर्माणका लागि आवश्यक साधन नभएको र ती साधन प्राप्त भएमा आफ्नो योजनालाई मूर्त रुप दिने तयारीमा प्रधान रहेका छन् । प्रधानले यस अघि नै अल्ट्राभाइरेट स्यानिटाइजर निर्माण गरी प्रयोगमा ल्याइसकेका छन् ।
नेपाल सरकारले सलह नियन्त्रणका लागि आवश्यक अध्ययन गर्न नार्कका वैज्ञानिक संलग्न समूह गठन गरेको छ । गठित समूहले प्रधानको अवधारणालाई परीक्षण गरेमा उनको आविष्कारको वैज्ञानिकता पुष्टि देखिन्छ । यो योजना वैज्ञानिक रुपमा पुष्टि भएमा नेपाली किसानका लागि मात्र नभएर विश्वलाई नै नयाँ योगदान हुन सक्दछ । वेभबाट मुसा तथा अन्य कीरा नियन्त्रण गर्ने उपकरण यस अघि नै निर्माण गरिएका भए पनि सलहका लागि विषादीरहित नियन्त्रण विधि हालसम्म निर्माण हुन सकेको छैन ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


