भारत सम्म आई सकेको सलहको नियन्त्रण ध्वनिबाट !

काठमाडौँ :अफ्रिकाबाट पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह नेपालमा पनि आउन सक्ने सम्भावना छ । सलह आइपुग्यो भने यहाँको बाली ध्वस्त पार्ने सम्भावना देखिएको छ । ४ देखि ८ करोडको समूहमा हिँड्ने सलह भारतको पन्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तरप्रदेश र महाराष्ट्रमा प्रवेश गरिसकेको छ । यस किराले ३५ हजार मानिसलाई खान पुग्ने बराबरको बाली एक दिनमै नष्ट कुरा वैज्ञानिकहरुले बताएका छन् ।
सलहबाट बच्न विषादीको प्रयोग गर्ने गरिएको छ भने पाकिस्तानले कृषकसँग सलह किरा किन्ने योजना अघि सारेको छ । रातको समयमा एकै ठाउँमा बस्ने सलह जम्मा गरी कुखुरालाई खुवाएको पाकिस्तानी समाचार रोचक किसिमको भए पनि नियन्त्रणको राम्रो उपाय सिद्ध हुन सकेको छैन । यसको नियन्त्रणका लागि अफ्रिकी मुलुकहरूमा मेसिन र हेलिकप्टरमार्फत विषादी छरिएको थियो । भारतमा पनि सलह नियन्त्रणका लागि विषादी सर्न ड्रोन र दमकल प्रयोग गरिएको छ ।
यसैबीच नेपालका एक युवक आवाजबाटै सलह नियन्त्रण गर्न सकिने भन्दै अनुसन्धानमा जुटेका छन् । काठमाडौँमा शिक्षण पेसामा संलग्न मोहन प्रधान वेभ फ्रिक्वेन्सी मिलाउन सके यस किरालाई भगाउन र मार्न समेत सकिने तर्क राख्दछन् । वैज्ञानिक आधारमा तयार गरिने उपकरणबाट सलह तथा अन्य किराहरु पनि नियन्त्रण गर्न सकिने उनको भनाइ छ । आफूसँग उपकरण निर्माणका लागि आवश्यक साधन नभएको र ती साधन प्राप्त भएमा आफ्नो योजनालाई मूर्त रुप दिने तयारीमा प्रधान रहेका छन् । प्रधानले यस अघि नै अल्ट्राभाइरेट स्यानिटाइजर निर्माण गरी प्रयोगमा ल्याइसकेका छन् ।
नेपाल सरकारले सलह नियन्त्रणका लागि आवश्यक अध्ययन गर्न नार्कका वैज्ञानिक संलग्न समूह गठन गरेको छ । गठित समूहले प्रधानको अवधारणालाई परीक्षण गरेमा उनको आविष्कारको वैज्ञानिकता पुष्टि देखिन्छ । यो योजना वैज्ञानिक रुपमा पुष्टि भएमा नेपाली किसानका लागि मात्र नभएर विश्वलाई नै नयाँ योगदान हुन सक्दछ । वेभबाट मुसा तथा अन्य कीरा नियन्त्रण गर्ने उपकरण यस अघि नै निर्माण गरिएका भए पनि सलहका लागि विषादीरहित नियन्त्रण विधि हालसम्म निर्माण हुन सकेको छैन ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…