स्याङ्जा प्रबेश गरेका सलहका ५ झुन्ड मध्ये, २ झुन्ड फर्किए,अरू कता छन् ?

स्याङ्जा : गण्डकी प्रदेशका ४ जिल्लामा सलह कीरा देखिएको छ । मंगलबारसम्म प्रदेशका ४ जिल्लामा बाली नासक सलह कीरा देखा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
स्याङ्जा,कास्की, लमजुङ र नवलपुरमा सलह देखिएको हो । पाल्पासँग सिमा जोडिएको स्याङ्जाको कालिगण्डकी गाउँपालिका हुँदै गण्डकी प्रदेशमा सलह भित्रिएको मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालले बताए ।
उनका अनुसार पाल्पा–स्याङ्जा सिमानाको रानी महलबाट सलह गण्डकी प्रदेश भित्रिएका छन् ।
त्यहाँबाट सलहका ५ वटा झुण्ड स्याङ्जा छिरेको उनले बताए । अधिकृत हमालले भने, ‘गण्डकी प्रदेशमा अहिलेसम्म रानीमहल हुँदै ५ वटा झुण्ड भित्रिएका छन् । २ वटा झुण्ड गल्मीतिर गएको जानकारी छ ।’
गण्डकी प्रदेशमा रहेका ३ झुण्डमध्ये २ वटा झुण्ड कालिगण्डकी गाउँपालिकाको जंगलमा बसेको छ । एउटा झुण्ड कालिगण्डकी नदीको तिरैतिर पर्वत पुगेको पाइएको छ । सलह ठूलो झुण्डमा देखिने र अहिलेसम्म गण्डकीमा ठूलो क्षति नपुगेकाले त्रसित नहुन हमालले आग्रह गरे ।
कास्कीको रुपा गाउँपालिका–७ काउरेमा सोमबार सलहको एउटा समूह बास बसेको मन्त्रालयले जनाएको छ ।
‘अहिलेसम्मको स्थिति हेर्दा यो कीरा नदी, खोलाको छेउछाउमा देखिएको छ । रुपामा कताबाट आइपुग्यो भन्ने यकीन गर्न सकिएको छैन,’ वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले थपे, ‘एक ठाउँमा सय वटा आएर बस्यो भने अन्त सबै गएको छैन । त्यहाँबाट तितरबितर भएको देखियो ।’
कहाँ कहाँ देखियो सलह ?

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…