जिल्ला सहकारी संघ स्याङजाको १७ बुँदे माग

भवानी अधिकारी/स्याङजा :
जिल्ला सहकारी संघ स्याङजाले स्थानीय तहमा सहकारी कार्यान्वयनका लागि भन्दै पुतलीबजार नगरपालिकामा १७ बुदे अनुरोधपत्र बुझाएको छ ।
संघका अध्यक्ष लक्ष्मीपती पौडेलले पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ताराचन्द्र ढकाललाई बुझाउनु भएको हो ।
संघका अध्यक्ष पौडेलद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘पालिकाको कुल बजेटको ५ प्रतिशत रकम सहकारीका क्षेत्रमा बिनियोजन गर्नुपर्ने, सरकारका ३ खम्बे अर्थनिति अनुरुप स्थानीय राजश्व परामर्श समितिमा सहकारी संघका प्रतिनिधीलाई पदेन सदस्य बनाइनुपर्ने, क्षमता अभिबृद्धिका लागि बजेट बिनियोजन गर्नुपर्ने, साना उद्यमी र एक वडा एक उत्पादनमा सहकारी फर्मको प्रवद्र्धनगरी बाँझोजग्गा रहन नदिने, ब्यसायीलाई कोभिड अवधिभर लाग्ने ब्याजमा अनुदान, ज्ञापनपत्रका आगामि बजेटमा सहकारिलाई समेटेर बजेट विनियोजन हुनु पर्ने, क्षमता विकास अनुगमन, सामाजिक सुरक्षाको भत्ता सहकारिवाट वितरण हुने व्यवस्था कायम गरिनुपर्ने, किसानलाइ ब्याजमा छुट, उपभोक्ताका काम सहकारीबाट गर्न पाउनु पर्ने, मर्जरजाई प्रोत्साहन, मल बिउ, ढुवानीमा अनुदान सहित सहकारीबाट बितरण गर्न पाउनु पर्ने, भूमि बैंक, चक्लावन्दी र सामुहिक खेती प्रणालीमा जोड दिनुपर्ने’ लगायतका माग उल्लेख छन ।
ज्ञापनपत्र बुझदै निमित्त प्रमुख ढकालले सहकारीकर्मीका माग र आवश्यकता पहिचान गर्दे आउँदो बजेटमा समावेश गर्नेगरी नगर बैठकमा एजेण्डा लैजाने बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष केशवराज लम्साल, दिपकलश सहकारीका यादवराज शर्मा, सूर्योदय सहकारीका सल्लाहकार अनन्तकुमार श्रेष्ठ, स्याङजा जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, जयजनता सहकारीका अध्यक्ष संघ ताम्राकार लगायतको सहभागिता थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…