‘रोयो रुकुम जाजरकोट’
उमा अर्याल ढकाल :
रोयो रुकुम जाजरकोट घटना भयो अत्याचार
कुटी कुटी मार्ने हक अधिकार यहाँ कस्लाई छ र ?
जाजरकोटको नबिन गयो बेहुली लिन रुकुम
सँगै गका सबैलाई मार्ने आयो हुकुम
बेहोस छन आमा तिनी मर्दा काखको छोरो
भाचियोनि साहारा त्यो बुढेसकालको लौरो
शरीर जली खरानी भो आत्मा उडी गयो
हुर्किएको छोरो छैन बा आमाको काख रित्तो भयो
बेहुली लिन भनी गयौं तिमी मध्यरात मा
आफ्ना साथीहरूलाई नि लग्यौं तिम्रै साथमा
आफ्नै आँखा साक्षी राखी छोरो बिदा गरे
बाबु आमा त्यै छोराको पिर शोकमा परे
नजानु थ्यो लिन गाउँमा भयो कि त्यै दोष
सामुहिक घटना हुँदा आएन कोहीको होस
बाँच्न पाउने हक अधिकार हर कोहीको हुन्छ
यो घटनालाई सम्झी ल्याउँदा सबको मन रुन्छ
कोहीलाई मारे ढुङ्गा हानी कोहीलाई बाधे रसी
बाँच्न भनी दौडीएर गए मरे भेरी पसी
उत्रिएको लाश हेर्दा भेरीको त्यो किनारमा
कसको मन नरोलार हात राखी निधारमा
मानवता नै शुन्य छ कि यो देशमा आज
कडा कारबाही नहुनाले जस्लाई जे गरे पनि भाछ
माया गर्नु पाप होइन सबले बुझ्ने गर
मानिस मानिस बीचमै पनि हुन थाल्यो डर
ट्युबसँगै रसी बाँधी कोहीलाई मारी फाले भेरी
यस्ता घटना नदोहोरिउन् अब पनि फेरि
सत्यतथ्य घटना केहो सबै बुझियोस्
कुटी मार्ने अपराधीलाई कडा कारबाही होस् ।
(बुटवल)
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


