रुकुम पश्चिम घटना : गल्याङमा धर्ना सहित सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र


नारायण विश्वकर्मा
रुकुम पश्चिम मानवता बिरोधी एवं नरसंहार घटनाको बिरुद्धमा नेपाल दलित उत्पीडित दलित समाज विकास समिति गल्याङ स्याङ्जाले मंगलबार गल्याङबजारमा ¥याली र धर्ना सहित प्रधानमन्त्री केपी शर्मावलीलाई ज्ञापनपत्र पठाएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्माओलीलाइ ज्ञापनपत्र पठाईएको हो ।
उनीहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ स्वती गाउँकी सुष्मा मल्ल संगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भन्दै गएका युवाहरुलाई स्थानीयले सामुहिक आक्रमणगरी बिभत्स हत्याको बिरुद्धमा ज्ञापनपत्र बुझाइएका हुन् ।
जाजरकोट भेरी नगरपालिकाका नवराज वि क, टिका राम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर र सन्जु विक र गोविन्द शाहीको विभत्स हत्याकोे घटनाले सिङ्गो दलित समुदायलाई आक्रोसित र आन्दोलित बनाएकोे ज्ञापनपत्रमा उल्लेख छ ।
संस्थाका अध्यक्ष कुलबहादुर विश्वकर्माद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा हत्यारालाई सर्वस्वहरण सहित जन्मकैद गर्न, मृतकलाई क्षतिपूर्ति सहित सहिद घोषणा गर्न, घाइतेको स्वास्थ्य उपचार र जीवित सम्बन्धित ब्यक्तिहरुको सुरक्षाको माग गरिएको छ ।
त्यस्तै ज्ञापनपत्रमा सर्वत्र कानुनको रक्षा र कडाईका साथ लागुगर्न माग गर्दै जातीयभेदवाव अन्त्यका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

.


ज्ञापनपत्र वुझ्दै गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले रुकुममा दलितहरु माथि भएको घटनाले गल्याङ नगरपालिकालाई समेत दुःखी बनाएको बताउनु भयो ।
उहाँले रुकमको मान्छेले मान्छेलाई विभत्स हत्या गरिनु क्रुर अमानविय घटना भएको बताउनु भयो ।
उहाँले गल्याङ नगरपालिकाका दलित समुदायको सुझावका आधारमा जातीय भेदभाव तथा छुवाछुत न्युनिकरणका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
संस्थाका अध्यक्ष कुलबहादुर विश्वकर्माले लकडाउनको अवधिमा यस्ता थुप्रै घट्नाहरु घटे पनि राज्यका तर्फबाट चित्त बुझ्दो न्याय नभएको बताउनु भयो । उहाँले यस किसिमका निकृष्ट अपराधीक घट्नाहरु दोहोरिन नदिन नेपाल सरकारका तर्फबाट विशेष योजनाका अघि बढ्न समेत आग्रह गर्नुभयो । विश्वकर्माले जातिय विभेदको निम्ति सम्पुर्ण उत्पीडीत दलित एक हुन र रुकुम घटनाको सत्य तथ्यको छानविन गरीदोषि लाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।
गल्याङ नयाँबजारबाट सुरु भएको ¥याली गल्याङका विभिन्न चोक परिक्रमा गर्दै नगरपालिका परिसरमा पुगेको थियो । ¥यालीमा गल्याङ नगरपालिका अन्तर्गत विभिन्न स्थानबाट आएका करिब तीनसय जना सहभागी भएका थिए ।
जातीय भेदभाव तथा छुवाछूत (कसूर तथा सजाय) ऐन २०६८ लागू भएयता देशभर जातीय भेदभाव तथा छुवाछुत शिर्षकमा १८ जनाको निर्मम हत्याभएको उल्लेख छ ।

Facebook Comments Box
TOP