स्याङ्जाकाे गाेठिङ फाँटकाे ३१० राेपनी जग्गामा चक्लाबन्दी खेती, मुख्यमन्त्रीले गरे शुभारम्भ
स्याङ्जा : गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले समृद्धिको आधार कृषि भएको बताउनु भएको छ ।
गण्डकी प्रदेश स्तरिय १७ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब २०७७ एवं गोठिङ फाट चक्लाबन्दी उद्घाटन कार्यक्रममा सोमबार अब सरकारले कृषिबाट समृद्धिको लागि योजना बनाउनुपर्ने बताउनुभयो । पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा भएकाे कार्यक्रममा अरुले दिएकोले समृद्धि नहुने बताउदै मुख्य मन्त्री गुरुङले आफनै पखुराले मात्र समृद्धि ल्याउन सक्ने बताउनुभयो ।
गण्डकी प्रदेश प्रकृतिको टुक्रा भएको बताउदै मुख्य मन्त्री गुरुङले जल, जंगल, माटो र खानीको उत्पादन, उत्खनन र उपयोग गर्न सकेमा सफलता प्राप्त हुने बताउनुभयो ।
प्रदेशमा ६४ प्रतिशत कृषिमा आत्मनिर्भर रहेको बताउदै मुख्य मन्त्री गुरुङले पाचँ बर्षमा गण्डकी प्रदेश खाध्यान्नमा सुरक्षित हुने बताउनुभयो ।
प्रबिधिको प्रयोग नगरी मानबिय हातले भोको पेट भर्न नसक्ने बताउदै मुख्य मन्त्री गुरुङले पेट बढ्दा माटो घट्दै गएकाले यान्त्रीकरण अहिलेको खाँचो रहेको बताउनुभयो ।
जिल्ला बासीको चामलको मागमा १२ हजार मेट कमि रहेकोबताउदै खाँचोलाई पुर्ति गर्न ब्यवसायीक धान खेती गर्नुपर्ने बताउनुभयो ।
यस आर्थिक बर्षमा एक हजार ८०० हेक्टरमा चक्लाबन्दी धान खेती गरिएको बताउदै मुख्य मन्त्री गुरुङले अर्को बर्ष तिन हजार पु¥याउने प्रदेशको लक्ष्य रहेको बताउनुभयो ।
सिचाई र मलखाद नहुदाँ धान उत्पादन नभएको बताउदै मुख्य मन्त्री गुरुङले धान उत्पादन बढ्दा आर्थिक बृद्धि दर बढ्ने बताउनुभयो ।
२÷३ बाली नलगाए चक्लाबन्दीको कुनै औचित्य नरहेको बताउदै मुख्य मन्त्री गुरुङले धान नै जिवन भएको बताउनुभयो ।
अहिले कोरोनाका कारण जनता समस्यामा रहेको बताउदै मुख्य मन्त्री गुरुङले कोरोनाका कारण समस्या रहेकालाई सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमा गण्डकी प्रदेशका कृषि मन्त्रालयका सचिब अच्युतराज ढकाल, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी, वडा अध्यक्ष ओम खड्का लगायतले मन्तब्य राख्नु भएको थियो ।
सरकारको चक्लाबन्दी गर्ने उदेश्य अनुरुप पुतलीबजार नगरपालिका ४ मा गोठिङ चक्लाबन्दी गरिएको हो । एक सय १० जना स्थानियको ३१० रोपनी क्षेत्रफलमा धान खेती गर्न लागिएको हो ।
उत्पादनमा बृद्धि गर्ने उदेश्यले गाउँले मिलेर चक्लाबन्दी सुरु गरेको बताउदै जग्गा धनी छबिलाल पोखरेलले लाजपुर्जा समितिलाई बुझाएको र उत्पादन अनुसार धान लिने बताउनुभयो ।
राम्रो सगँ उत्पादन हुन करिब १० बर्ष लाग्ने बताउदै पोखरेलले अहिले परेको खाटा पछि पुर्ति हुनेमा ढुक्क रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


