कस्तो छ आज आइतवारको समय, हेर्नुहोस् आजको राशिफल !

मेष– घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ।

वृष– आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। रीसको कारणले हातमा आएका अवसर गुम्न सक्छन्।

मिथुन– नया उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।

कर्कट– सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । । केही दण्ड–जरिवानाको पनि सम्भावना छ। महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।

सिंह– अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। परिस्थितिलार्इ पछ्याउन नसक्दा अलि पछि परिनेछ।

कन्या– नोकरीमा पदोन्नति,व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ।

तुला– दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्।

वृश्चिक– धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

धनु– निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ।

मकर– यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ।

कुम्भ– प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नतिको समय छ केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला।

मीन– धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

बिशेष जानकारी :

बिशेष काम गर्ने राम्रो समय बिहान 08:40 देखि मध्यान्न 11:14 बजे सम्म छ, यो समय सुरुमा चन्द्र होरा लाभ बेला गुरु होरा र अमृत बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बेलुका 05:16 बजे देखि साँझ 06:58 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै रसिलो बस्तु घिउ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

Facebook Comments Box
TOP