आज मंगलबार कस्तो छ समय, हेर्नुहोस् राशिफल (असार १६ गते)
मेष– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ। नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ ।
वृष– टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ ।
मिथुन– आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। ााजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् ।
कर्कट– मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ। ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात समेत हुनेछ ।
सिंह– बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ। वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ ।
कन्या– कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला। महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ ।
तुला– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ।
वृश्चिक– बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ। नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ ।
धनु– नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ।
मकर– आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ । चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला।
कुम्भ– कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। आफन्तजनको सहयोगले विशेष फाइदा होला, नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । ।
मीन– पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 09:15 देखि दिउसो 01:50 बजे सम्म छ, यो समय चन्द्र होरा, लाभ बेला, अमृत बेला, गुरु होरा अनि अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 03:33 बजे देखि 05:16 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै काजु सक्खर वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम राम्रो छ ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


