राशिफल : असार ५ गते, २०७७ – १९ जुन २०२०, शुक्रवार

मेष– खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ, प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला । पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।
वृष– दीर्घकालीन नबनेका काम बन्नेछ, आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।
मिथुन– मानसमान पदप्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
कर्कट– प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
सिंह– सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
कन्या– शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
तुला– शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।
वृश्चिक– प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
धनु– लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । र् खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
मकर– जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
कुम्भ– बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
मीन– आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।
बिशेष जानकारी :
बिशेष काम गर्ने राम्रो समय बिहान 07:12 देखि बिहान 10:22 सम्म छ, यो समय चन्द्र होरा, गुरु होरा, लाभ बेला, अमृत बेला संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 10:22 बजे देखि मध्यान्न 12:05 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध जौ वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, साथीको काम, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…