३ दिनसम्म होटेलमा राखेर बलात्कार, तीन जना विरुद्ध मुद्दा

पोखरा दिदीबाट बिदा लिएर सोल्टिनीको घर गएकी १ युवतीले एकैपटक तीन् दिनपछि फोन गरिन् । जेठ १२ गते बिहान साढे नाैं बजे दिदीलाई फोन गरेर आफू लेकसाइडको होटलमा थुनिएको सुनाइन् ।
पोखरा १३ मियाँपाटनका ३२ वर्षीय रहमत मियाँले फकाइ फुलाइ १५ वर्षे ती युवतीलाई पटकपटक जबरजस्ती करणी गरे । जेठ ९ गते दिदीलाई भनेर सोल्टिनीको घर जान हिँडेकी उनलाई मियाँले बाटोबाटै लेकसाइड पुर्याएका थिए ।
मियाँले युवतीलाई काठमाडौं घुम्न जाने योजना सुनाए । उनले मानिनन् । मियाँले आफ्नो हठ छाडेनन् र उनको हात समाएर स्कुटरमा बसाए ।
लेकसाइडस्थित टुलिप पोखरा इन प्रालिको २०१ नम्बर कोठामा उनलाई पुर्याए । युवती उम्कन जोर गरिन् तर मियाँ आफैले बाहिर निस्केर चाबी लगाइदिए ।
‘मैले चिच्याएर बन्दा ढोकामा भित्रबाट हाने म्यानेजर आएर के भयो नानी भनेर सोध्दा बाहिरबाट चाबी लगाएको ढोका खोल्न भने तर म्यानेजरले चाबी छैन भने,’ उनले सरकारी वकिलसँको बयानमा भनेकी छन् ।
२ दिनपछि मियाँ होटलमा आएर ती युवतीलाई खाना खुवाए । त्यतिबेला पनि युवतीले घर जान चाहेको बताइन् । तर मियाँले बेडमा पल्टाएर जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।
त्यसको भोलिपल्ट मियाँ चुरोट किन्न निस्कँदा मौका छोपेर उनले दिदीलाई फोन गरेकी थिइन् । फोन गरेको मियाँले थाहा पाएपछि उनी बगरतिर निस्किए । उनी उम्किइन् र पृथ्वीचोक दिदीसामु पुगिन् ।
युवतीले आफूमाथि जबरजस्तीकरणी भएको बताएपछि मियाँसहित ३ जनालाई उनकी दिदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही दिन किटानी जाहेरी दिएकी हुन ।
त्यसबीचमा जेठ १० गते उनकी दिदीले खोजी गर्न वडा प्रहरी कार्यालय रामबजारमा बहिनीको खोजी गर्न हुलियासहित निवेदन दिएकी थिइन् ।
मियाँसँग ती युवतीको सम्पर्क बनाइदिएकी पोखरा १३ की २७ वर्षीया पूजा विक, होटल सञ्चालक पोखरा ६ लेकसाइड बस्ने ४२ वर्षीय विष्णुप्रसाद आचार्यविरुद्ध किटानी जाहेरी प¥यो । पूजा विक ती युवतीकी सोल्टिनी नाता पर्छिन् ।
पूजाले नै मियाँसँग उनको भेट घर आउने जाने गर्दा गराएकी थिइन् । युवतीले दिएको बयानमा पूजाले बिहे गर्न सल्लाह दिने गर्थिन् । तर पूजाले बयानमा चिनजान गराएको भएपनि बिहे गर्ने सल्लाह नदिएको बताएकी छन् ।
मियाँले भने श्रीमती माइतमा बसेकाले ती युवतीप्रति आकर्षित भएको बयानमा खुलाएका छन् । होटलमा लगि राखेको र जबरजस्ती करणी गरेको मियाँले स्वीकारेका छन् । पूजाकै कारण युवतीलाई चिनेको उनको बयानमा छ ।
मियाँ पुर्पक्षका लागि थुनामा, २ जनासँग धरौटी माग
जिल्ला अदालत कास्कीले जबरजस्ती करणीमा अभियुक्त रहमत मियाँलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको इजलासले आइतबार मियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।
होटल सञ्चालक विष्णुप्रसाद आचार्य र पूजा विकसँग भने धरौटी माग गरी रिहा गर्ने आदेश भएको छ । आचार्य ४ लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भए पनि पूजा विक ५० हजार धरौटी बुझाउन नसक्दा थुनामा पुगेकी छन् ।
मियाँलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तर्गतको दफा २१९ को उपदफा ३ को ग बमोजिम सजाय माग दाबी गरेको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए ।
‘त्यसबमोजिम १२ देखि १४ वर्षसम्म कैद माग दाबी हाम्रो थियो,’ उनले भने, ‘विष्णुप्रसाद आचार्य र पूजा विक मतियार तर्फ हुन् । उनीहरु दुबैलाई एउटै सजाय मागदाबी गरेका हौं ।’
मुख्य कसुरदार सरह नै २ जना मतियार ठहर भएकाले १२ देखि १४ वर्षसम्म कैद मागदाबी थियो ।
युवती नाबालक भएकाले पीडित राहत कोषमा बुझाउनु पर्ने क्षतिपूर्ति शुल्क निर्धारण गर्न सरकारी वकिलले अभियोग पत्रमार्फत माग गरेको छ । (समाधान न्युज डटकमबाट)
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…