पुतलीबजार नगरपालिकाको सातौं नगरसभा,’कस्ता छन् आगामी बर्षका कार्यक्रम’

भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिकाको सातौं नगरसभा बुधवार सुरु भएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित नगरसभामा बोल्दै नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बिभिन्न बिषयगत शिर्षकलाई समट्दै आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
नगरबासीको गरीवी न्यूनिकरण गर्दै जीवनस्तर सुधार गर्न न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने, कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको प्रधावकारी ब्यवस्थापन गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गर्ने, संकटमा परेका संञ्जाललाई गतिशिल बनाउने, समाजवाद उन्मुख आत्मनिर्भर समाज निर्माण गर्ने, सार्वजनिक खर्चमा पारदर्शिता, मितब्ययिता र उत्तरदायिता पालना गराउदै आर्थिक अनुसासन र सुशासन कायम गर्ने लगायतका प्रमुख नीति तथा कार्यक्रममा मुख्य उदेश्यहरु रहेको जानकारी दिनुभयो ।

.


पुतलीबजारले कृषिलाई प्राथमिकतामा राखेको छ । भूमि उपयोग बिहीन रहन सक्ने स्थितिको अन्त्य गर्ने नीति लिएको छ । सुन्तलाको शहर, एक घर एक करेसाबारी, चक्लाबन्दी र सामुहिक खेती, १५ जनाले रोजगार पाउनेगरी उद्योग संचालन गरेमा उद्योगसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार, सडक, बिधुत र पानी नगरपालिकावाट लगानी गर्ने, वडा स्तरमा बर्थ सेन्टर, मेयरसंग रोजगार, एक वडा एक खेलमैदान, कोैशी खेती, स्वच्छ पुतलीबजार, बृहत्तर पानी प्रशोधन योजना, ब्यवस्थित र सुरक्षित नमूना बस्ती, पेपर लेस कार्यालय, राजश्व चुहावटका सम्भावित स्थानमा कर संकलनका लागि ढाँट राख्ने र स्याटलाईट सिटी निर्माण गरिने लगायत नीति तथा कार्यक्रममा समावेश गरिएका छन्
कार्यक्रम अन्र्तगत आर्थिक विकास, सामाजिक विकास, बन जातावरण, विपद ब्यवस्थापन र सरसफाई, भौतिक पूर्वाधार, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्र, राजश्व परिचालन तथा आन्तरिक आय शिर्षकमा समेटिने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरिएका हुन् ।
नगरसभामा बिनियोजन बिधेयक २०७७ र अर्थ बिधेयक २०७७ प्रताव गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतीकरणमा संघीय सांसद नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ र दिपक थापा पनि उपस्थित हुनुहुन्थ्यो । उहाहरुले पनि नीति तथा कार्यक्रम राम्रो आएको बताउदै सफल कार्यान्वयनका लागि सुझाव दिनुभयो ।

Facebook Comments Box
TOP