वर्ष दिनदेखि रिक्त रहेको निगमको सञ्चालक समितिमा स्याङजाका पौडेल नियुक्त ।
स्याङजा :
पर्यटनमन्त्री योगेश भट्टराईले व्यवस्थापन विज्ञ प्रकाश पौडेललाई नेपाल बायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गर्नु भएको छ ।
वर्ष दिनदेखि रिक्त रहेको सञ्चालकको सदस्यमा स्याङजाका प्रकाश (डिमप्रकाश) पौडेल सँगै पर्यटन व्यवसायी फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गर्नु भएको हो ।
स्याङजाको आँधीखोला गाँउपालिका वडा नम्वर २ मडुवाका पौडेललाई ४ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सीज प्रालिका प्रमुख कार्यकारी अधिृकत हुनुहुन्छ । नक्सालमा रहेको यो कम्पनीले नेपालभर भारतीय कम्पनी आइसरका चार पाङ्ग्रे सवारी साधान बिक्रीको जिम्मा लिएको छ ।
बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेलसँग चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेको अनुभव छ ।
गत साउनमा पर्यटनमन्त्री भट्टराईले गठन गरेको ‘नेपाल वायुसेवा निगम सुझाव कार्यदल’मा पौडेल ५ जनामध्येका एक रहनु भएको थियो । पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा गठन गरिएको कार्यदलले असोजमा पर्यटनमन्त्री भट्टराईलाई प्रतिवेदन बुझाएको थियो ।
.

त्यस्तै पर्यटन क्षेत्रमा तीन दशकदेखि कार्यरत शेर्पा हेलिकप्टर कम्पनी अल्टिच्युट एयरका अध्यक्ष रहनु भएको छ । पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्य शेर्पाको लगानीमा सगरमाथा पदयात्रा क्षेत्रमा पर्ने क्वाङदेमा रिसोर्ट, फाक्दीङमा होटल र काठमाडौंमा ट्रेकिङ कम्पनी छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


