पेट्रोलियम पदार्थको मूल्य बढ्याे, कुनमा कति पुग्याे बढ्याे ?

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ।
भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको जनाएको छ ।
निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…