स्याङ्जामा स्थायी घर भई बुटवलमा कार्यरत पत्रकार पाण्डेको कार दुर्घटनामा ज्यान गयाे ।

 १४ असार २०७७, आईतवार ०७:३८   | आँधीखोला समाचार डेस्क

स्याङ्जामा स्थायी घर भई बुटवलमा कार्यरत पत्रकार पाण्डेको कार दुर्घटनामा ज्यान गयाे ।

बुटवल : सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोटर कृष्ण बाबुले ज्यान गुमाएका हुन् ।

मध्यराती बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते कृष्ण बाबुलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

स्याङ्जाकाे बिर्घा स्थायी घर भएका पाण्डे विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रका साथै कलाकारीता क्षेत्रमा समेत सक्रिय थिए । न्यूज २४ को रिपोटर पाण्डे पावर न्यूज नेपालका सञ्चालक पनि रहेका थिए । ग्लोबल आवाज डटकमबाट

Facebook Comments

अन्तिम अपडेट: १४ असार २०७७, आईतवार ०७:३८





-->