पाल्पा पहिरो : तीन जनाको मृत्यु, चार सवारी साधन पुरिए
पाल्पा : जिल्लाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोमा चार वटा सवारी साधन पुरिएकाले प्रहरी, स्थानीयवासी नेपाली सेना उद्धारमा खटिएका छन्।
अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार पुरिएको छ। सडक तलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। एक जना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिए पनि मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन्। घटनाको थप विरण आउन बाँकी रहेको छ।
घटनास्थमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन्। पछिल्लो जानकारी अनुसार लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, र लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको पुष्टि भएको छ। सिमसिम पानी परेको र अध्यारो भएकोले उद्धारमा कठिनाई भएको पाल्पा प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा अन्य केही व्यक्तिहरु पनि पुरिएको आशंका गरिएको छ।
तानसेन बाट रिडि तम्घास तर्फ जाँदै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था पुन पहिरो झरी सवारी साधन बगाएको पाल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले बताए। अध्यारो भएको र पुन वर्षा शुरु भएकोले भिर बाट माटो बग्न थालेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी स्थानीयवासीहरु पनि आआफ्नो घर फर्किएका छन्। अन्नपुर्ण पाेष्ट, तस्वीर- सामाजिक सञ्जाल
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


