मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता

प्रकाश डोटेल/स्याङ्जा :
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएपछि उनले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
बैंकले दर्जीले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रहेको २२ हजार ४ सय ९९ रुपैयाँ मिनाह गरेको छ । मृतक दर्जीले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार ४ सय ८३ रुपैयाँ र काजक्रिया खर्च बापतको ५ हजार गरि २ लाख ८ हजार ४ सय ८३ रुपैयाँ दिएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत बैंकको समुहमा आबद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको बैंकले जनाएको छ ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…