मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा र फिर्ता
प्रकाश डोटेल/स्याङ्जा :
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएपछि उनले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
बैंकले दर्जीले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रहेको २२ हजार ४ सय ९९ रुपैयाँ मिनाह गरेको छ । मृतक दर्जीले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार ४ सय ८३ रुपैयाँ र काजक्रिया खर्च बापतको ५ हजार गरि २ लाख ८ हजार ४ सय ८३ रुपैयाँ दिएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत बैंकको समुहमा आबद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको बैंकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


