मुक्तिनाथ बैंकद्वारा आँधीखाेला गाँउपालिकालाई नगद सहयाेग
कुमार बाबु हिताँगा / स्याङ्जा:मुक्तिनाथ विकास बैक लिमिटेडले स्याङ्जा आधिखोला गाँउपालिकालाई नगद ४० हजार नगद सहयोग गरेको छ ।
मुक्तिनाथ विकास वैक पुतलीबजार शाखा प्रवन्धक नविन काफ्लेले आधिखोला गाँउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेललाई नगद हस्तान्तरण गर्नु भएकाे हाे ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनो भारस नियन्त्रणका लागि गाँउपालिकाको सञ्चालन गरेको स्थानिय तह प्रकोप व्यवस्थापन कोषमा वैंकले नगद सहयोग गरेको हो ।
कोरोना भाइरसले विश्वभरि महामारीको रुपमा संकट सिर्जना गरेकोले यसको नियन्त्रणको लागि जिम्मेवार संस्थाको भुमिका निर्वाह गरेको शाखा प्रवन्धक काफ्लेले बताए ।
सामाजिक उत्तरदायित्वमा अग्रपंतीमा रहेको यस विकास बैकले देशका विभिन्न स्थानिय तहहरुलाई नगद, खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


