असार १५ सोमबारको राशिफल र कस्तो छ आजको समय हेर्नुहोस
मेष– आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ।
वृष– विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ।
मिथुन– काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ।
कर्कट– शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ।
सिंह– घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ।
कन्या– अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ।
तुला– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ।
वृश्चिक– रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्।
धनु– अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्। दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्।
मकर– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ।
कुम्भ– आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ।
मीन– सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ।
बिशेष काम गर्ने राम्रो समय बिहान ५:१४ देखि ६:१४ बजे सम्म छ, यो समय चन्द्र होरा र अमृत बेला संग संगै पर्छन अर्को राम्रो समय दिउसो १२:१४ देखि १:१४ सम्म सामान्य राम्रो छ यो चन्द्र होराको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान ६:५८ बजे देखि ८:४१ बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै खिर दुध वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


