फेरि बढ्यो सुनको भाउ, प्रतितोला ९१ हजार ३०० पुग्यो

शुक्रबार ९० हजार ६०० मा कारोबार भएको सुनको भाउ आज प्रतितोला ७०० रूपैयाँले बढेको छ।
काठमाडौं। पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ पुगेको छ।
सुन शुक्रबार प्रतितोला ९० हजार ६०० रूपैयाँमा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।
यस्तै, महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ। आज प्रतितोला चाँदीको मूल्य ९५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार ९४० रूपैयाँमा भएको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…