मनोसामाजिक समाज प्रदेश नम्वर ५ को संयोजकमा खनाल चयन ।
रुपन्देही : प्रदेश ५मा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा काम गर्ने मनोविद एवं परामर्शकर्ताहरुको समाज गठन गरिएको छ । आज बसेको अनलाइन मिटिङले मनोविद शिव खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समाजको सह-संयोजकमा डिआर दाहाल र ज्ञानु विसी तथा सदस्यहरुमा यसोदा बगाले, प्रकाश घिमिरे, पवित्रा भट्टराई र सुष्मा आचार्य रहनुभएको छ । समाजले केहि दिनमै प्रदेश ५का सबै जिल्लाहरुमा जिल्ला संयोजकहरु तोक्ने छ । समाजले १४ गते आइतबार देखि एक अभियानको शुरूवात गर्ने जानकारी दिएको छ ।
निशुल्क मनोसामाजिक परामर्श अभियान(Free Psycho Social counseling Campaign) नाम दिईएको अभियान प्रदेश ५ मा कार्यरत मनोविद एवं मनोसामाजिक परामर्शदाता द्वारा संचालन हुनेछ । अभियान अन्तर्गत मनोसामाजिक स्वास्थ्य बारे निशुल्क टेलिपरामर्श, अनलाइन परामर्श, प्रचारप्रसार, तालीम आदि कार्यक्रम संचालन हुनेछन् ।
प्रदेश ५ मा मानसिक स्वास्थ्यको अवस्था विग्रदो छ । आत्महत्याका घटना बढ्दो छन् । यस्तो अवस्था न्यूनीकरण गर्न प्रदेश तथा स्थानीय निकायहरुले मनोसामाजिक क्षेत्रलाई लक्षित गरि कार्यक्रम ल्याउन अति आवश्यक छ- नवगठित समाजका संयोजक शिव खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


