असार १ गते दखि लकडाउन खुकुलो हुँदै, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : सरकारले ‘लकडाउन’ व्यवस्थापन गर्नेक्रममा असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन व्यवस्थापनसम्बन्धी पहिलो २१ दिने योजना सुनाउनु भयाे ।
जसअनुसार असार १ गतेदेखि सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछन् ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी ‘प्रोटोकल’को पालना गर्नुपर्ने जनाइएको छ ।
सरकारले ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा दिनेगरी रेस्टुरेन्टहरु खुला गर्ने तर होटल तथा ‘नाइट’ क्लबहरु खुल्न नदिइने पनि जनाएको छ ।
मोटरसाइकलमा एकजनाभन्दा धेरै चढ्न नपाइने र चारपांग्रे निजी सवारी–साधनमा चालकबाहेक दुईजना चढ्न पाउने तथा सबै प्रकारका ढुवानी खुला गरिने जनाएको छ ।
यस्तै, सरकारले नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरिएको जानकारी सरकारका प्रवक्ता डा. खतिवडाले दिनुभयाे ।
निर्णयहरु पढ्नोस्




समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


