लिभरपुलले जित्यो ३० वर्षपछि प्रिमियर लिग उपाधि
एजेन्सी : इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो ।
लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्षपछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफूलाई स्थापित गरेको छ ।
लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो । त्यसपछिको जितेको पहिलो उपाधि हात पारेपछि लिभरपुलका समर्थकले एनफिल्ड बाहिर र्याली निकालेका छन् ।
नोबेल कोरोना भाइस (कोभिड १९) ले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भए पनि पहिलोपटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जीतको उत्सव मनाएका हुन् ।
उनीहरुले लिभरपुलको घरेलु मैदानबाहिर क्लबको जर्सिसहित आएर उत्सब मनाएका हुन् । यस्तै, चेल्सी र सिटीको खेल हेरेर बसेका लिभरपुलका गोलकिपर एलिसन, डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर एलेक्स ओक्सलादे च्याम्बिरलिन लगायतले कोठामै जितको उत्सव मनाएका छन् ।
लिभरपुल लिगको १० औं स्थानमा हुँदा क्लबमा प्रवेश गरेका प्रशिक्षक योर्गन क्लबले यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र अविश्वसनीय रहेको बताएका छन् । ‘मसँग कुनै शब्द छैन, यो अविश्वसनीय छ । यो मैले देखेको सम्भावना भन्दा बढी हो,’ उनले भने ।
लिभरपुलमा आएको साढे चारवर्षमा क्लोपले शीर्ष दुई उपाधि दिलाएका छन् । अघिल्लो सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


