लियो क्लवकी उपाध्यक्ष लामिछानेले गरिन जन्मदिनको अवसरमा कोभिड राहतकोषमा सहयोग

वालिङ :
लियो क्लव अफ वालिङ सिटिका प्रथम उपाध्यक्ष मनिषा लामिछानेले जन्मदिनको अवसर पारेर कोभिड १९ राहतकोषमा सहयोग गर्नु भएको छ ।
लामिछानेले जन्मदिनको अवसरमा वालिङ नगरपालिकाले स्थापना गरेको कोषमा रु ५ हजार प्रदान गर्नु भएको हो । लामिछानेले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
राहत हस्तान्तरण पछि लामिछानेले भन्नुभयो, “जन्मदिनमा गरिने अनावश्यक खर्च कटाएर कोरोना प्रभावितहरुका लागि बनाईएको राहत कोषमा सहयोग गरेकी हुँ ।”

Facebook Comments Box
TOP