बन्द रंगशालामा लालिगा : मेसीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाको सहज जित
काठमाडौं : शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालोर्कामाथि सहज जित निकालेको छ ।
बार्सिलाना ४–० गोल अन्तरले विजयी भएको हो । मालोर्काको मैदानमा बार्सिलोनालाई जिताउन भिडाल, ब्रथह्वाइट, अल्बा र मेसीले एक एक गोल गरेका थिए ।
दोस्रो मिनेटमा भिडाले गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिन बे्रथह्वाइटले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
कोरोना महामारीबीच बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा पनि २ गोल थप्न सफल भयो ।
७९ औं मिनेटमा अलिबाले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता बनाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गदै सहज जित दिलाए ।
जीतसँगै बार्सिलानोले तालिकामा ६१ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ । एजेन्सी
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


